शुक्रबार कतिमा किनबेच हुँदैछ सुन ?

काठमाडौं । नेपाली बबजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १३ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस