हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

काठमाडाैं । हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रूपैयाँ रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलराज शर्मा जोशी …

प्रतिकृया दिनुहॊस