Tag Archives: featured

साना तथा मझौला उद्यमीले पाउने पुनरकर्जाको ब्याजदर घट्यो

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्यमका लागि असल कर्जाको धितो सुरक्षणमा प्रदान गर्दै आएको १० लाखसम्मको पुनरकर्जा ब्याजदर घटेको छ। नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट हालको ५ प्रतिशतको ब्याजदर घटाएर ३ प्रतिशत कायम गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको ब्याजदर पनि ७ प्रतिशतमा झारिएको छ।

पुरा पढ्नुहॊस »

१५ लाखसम्मको कृषि कर्जा सात दिनभित्र पाइने

काठमाडाैँ । अब १५ लाख सम्मको कृषि,उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जा सात दिन भित्रै पाइने भएको छ । बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले कृषि,उद्यम तथा व्यवसाय प्रवर्द्धन कर्जा निवेदन प्राप्त भएको सात दिन भित्रै स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा त्यसको कारण ग्राहकलाई जानकारी दिनुपर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ । यस्तो कर्जा प्रवाह गर्न आधार दरमा २ प्रतिशत सम्म मात्रै थप ब्याज लगाउन पाइने बुधबार सार्वजनिक गरिएको …

पुरा पढ्नुहॊस »

बैंकहरुले बीमा पोलिसि बेच्न नपाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बीमा पोलिसि बेच्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई बीमा पोलिसि बेच्न निषेध गरेको हो । कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने व्यवस्था नीतिमा गरिएको छ । बैंकहरुले कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने भएका हुन् ।

पुरा पढ्नुहॊस »

मौद्रिक नीतिप्रति बैंकहरु सकारात्मक

मौद्रिक नीतिप्रति बैंकहरु खुसी देखिएका छन्। नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मर्जका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याइएको बताए। ‘बैंकको संख्या घटाउनेगरी मर्जका लागि जुन कार्यक्रमहरु ल्याइएको छ, त्यो सकारात्मक छ’ उनले भने। आफूहरुको सुझावअनुसार नै मौद्रिक नीति आएको ढुंगानाले बताए। तरलता व्यवस्थापनका लागि पनि मौद्रिक नीतिले सक्दो प्रयास गरेको उनको भनाई छ। मौद्रिक नीतिले बैंकहरुले विदेशी बैंकहरुबाट मात्रै नभई फन्डहरुबाट पनि ऋण ल्याउन सक्ने व्यवस्था गरेको छ। त्यस्तै संस्थागत विदेशी …

पुरा पढ्नुहॊस »

अब बैंकमा राखेको सुनचाँदीको पनि ब्याज पाइने

काठमाडाैं – अब बैंकमा सुनचाँदी राख्दा पनि ब्याज पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लैजाने भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सुनचाँदी बैंकमा राखेर पनि ब्याज लिन सकिने कार्यक्रम ल्याएका थिए । बजेट भाषणमा खतिवडाले ‘नेपाली नागरिकहरुले सम्पत्तिका रुपमा आर्जन गरेको सुनचाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा जम्मा गर्ने व्यवस्था मिलाइने’ भनेका थिए । …

पुरा पढ्नुहॊस »

मर्जरमा जाने बैंकका लागि राष्ट्र बैंकले दियो ५ सहुलियत

काठमाडौं – नेपाल राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गर्न सहुलियत दिने भएको छ। बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा बाध्यकारी मर्जर नभइ मर्जरमा जाने बैंकको लागि सहुलियत दिने उल्लेख गरेको हो। मौद्रिक नीतिमा वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७७ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा अहिले दिइरहेको सुविधाको अतिरिक्त थप सुविधा दिने बताएको हो। मर्जरमा जाने बैंकको लागि कृषि, उर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा पुर्‍याउनु …

पुरा पढ्नुहॊस »

कर्जासँग प्रत्यक्ष सम्बन्धित बीमा पोलिसी मात्र बिक्री गर्न पाइने

काठमाडौ । कर्जासँग प्रत्यक्ष सम्बन्धित बीमा पोलिसी मात्र बिक्री गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो कुरा उल्लेख छ । आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणी स्वयम्ले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पतीको बीमा गर्न पाउने उल्लेख गरे ।

पुरा पढ्नुहॊस »

कुमारी बैंकको ‘मेहेन्दी–उत्सव’

काठमाडौं । श्रावणकोे अवसर पारेर कुमारी बैंक लिमिटेडले आफ्ना महिला ग्राहकवर्गहरुलाई लक्षित गर्दै ‘मेहेन्दी उत्सव’को आयोजना गरेको छ । ‘मेहेन्दी उत्सव’ बैंकका विभिन्न शाखाहरुमा आयोजना भएका छन् । श्रावण महिनाभर चल्ने यो उत्सवमा ‘शुभलक्ष्मी सेभिङ’ खातावाल लगायत अन्य महिला ग्राहकवर्गले उपत्यका भित्र एवम् बाहिरका विभिन्न शाखाहरुबाट मेहेन्दी–कार्यक्रमको तालिका अनुसार आफुलाई अनुकुल पर्ने दिन र समय अनुरूप तालिकामा उल्लेखित शाखाहरुमा सम्पर्क गरी निःशुल्क रुपमा आकर्षक डिजाईनका मेहेन्दी लगाउन सक्नेछन् । नेपाली …

पुरा पढ्नुहॊस »

श्री रत्न पुस्तकालयलाई नेपाल बङ्गलादेश बैंकको सहयोग

काठमाडाैँ । नेपाल बंगलादेश बैंकले काठमाडौँको बानेश्वरस्थित श्री रत्न पुस्तकालयलाई सहयोग गरेको छ । बैंकले १२ हजार एक सय ७८ रुपैयाँ बराबरका विभिन्न साहित्यिक किताबहरु र सोही पुस्तकालयद्वारा संचालित देवकोटा कोषका लागि एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

पुरा पढ्नुहॊस »

पोखराका विभिन्न होटल तथा रिसोर्टसँग एनआईसी एशिया बैंकको सम्झौता

काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेडले पोखराको विरौटास्थित होटल पोखरा ग्राण्डी र लेकसाइडस्थित टीका रिसोर्टसँग सम्झौता गरेको छ । सम्झौता अनुसार, बैंकका ग्राहकहरुले होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशत र टीका रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

पुरा पढ्नुहॊस »