आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ।

आफ्ना अभिकर्ताहरुका मनोबल उच्च राख्न कार्यक्रम राखेको कम्पनीले जनाएको छ।

यही असोज १६ गते कम्पनीको केन्द्रीय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मिटमार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा विजेताको नाम घोषणा गरेको छ।

उक्त योजनाअन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतीय हिटर, तेस्रो पुरस्कारमा ५ ग्राम सुन, दोस्रो पुरस्कार आई फोन १३ र प्रथम पुरस्कारअन्तर्गत १२५सीसीको हिरो मोटरसाइकल एक जनालाई प्रदान गरेको छ ।

साथै आगामी दिनमा पनि अभिकर्ताको मनोबल उच्च राख्न र काममा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अञ्जु श्रेष्ठ बनिन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको नयाँ सीईओ

काठमाडौं । हिमालयन एभरेरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् । शुक्रबारदेखि …

प्रतिकृया दिनुहॊस