काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बीमा पोलिसि बेच्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई बीमा पोलिसि बेच्न निषेध गरेको हो ।
कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने व्यवस्था नीतिमा गरिएको छ । बैंकहरुले कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने भएका हुन् ।
तपाईंको प्रतिकृया




