१५ लाखसम्मको कृषि कर्जा सात दिनभित्र पाइने

काठमाडाैँ । अब १५ लाख सम्मको कृषि,उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जा सात दिन भित्रै पाइने भएको छ ।

बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले कृषि,उद्यम तथा व्यवसाय प्रवर्द्धन कर्जा निवेदन प्राप्त भएको सात दिन भित्रै स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा त्यसको कारण ग्राहकलाई जानकारी दिनुपर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।

यस्तो कर्जा प्रवाह गर्न आधार दरमा २ प्रतिशत सम्म मात्रै थप ब्याज लगाउन पाइने बुधबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकले यस्तो कर्जामा अन्य कुनै प्रकारको सेवा शुल्क लिन नपाउने प्रस्ट पारेको छ । ऋणीले समय अगावै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी थप शुल्क लिन नपाइने व्यवस्था मौद्रिक नीतिमा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री