कुमारी बैंकको ‘मेहेन्दी–उत्सव’

काठमाडौं । श्रावणकोे अवसर पारेर कुमारी बैंक लिमिटेडले आफ्ना महिला ग्राहकवर्गहरुलाई लक्षित गर्दै ‘मेहेन्दी उत्सव’को आयोजना गरेको छ । ‘मेहेन्दी उत्सव’ बैंकका विभिन्न शाखाहरुमा आयोजना भएका छन् ।

श्रावण महिनाभर चल्ने यो उत्सवमा ‘शुभलक्ष्मी सेभिङ’ खातावाल लगायत अन्य महिला ग्राहकवर्गले उपत्यका भित्र एवम् बाहिरका विभिन्न शाखाहरुबाट मेहेन्दी–कार्यक्रमको तालिका अनुसार आफुलाई अनुकुल पर्ने दिन र समय अनुरूप तालिकामा उल्लेखित शाखाहरुमा सम्पर्क गरी निःशुल्क रुपमा आकर्षक डिजाईनका मेहेन्दी लगाउन सक्नेछन् ।

नेपाली संस्कृति र परम्परालाई प्रबद्र्घन गर्ने एवम् महिलाहरुलाई उक्त चाड खुसीयालीका साथ मनाउन प्रोत्साहन दिने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा ग्राहकवर्गको उत्साहजनक सहभागिता माझ निकै सकारात्मक प्रतिक्रिया पनि आएकोे बैंकले जनाएको छ ।

हिला ग्राहकवर्गलाई लक्षित गरेर आयोजित उक्त कार्यक्रमलाई निरन्तरता दिँदै आगामी हरितालिका तीजको अवसरमा बैंकले आफ्ना महिला ग्राहकहरुलाई आकर्षक उपहार प्रदान गर्ने पनि योजना बनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धन गर्न समझदारी गरेका छन् …

प्रतिकृया दिनुहॊस