काठमाडौँ । मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्ट, पोखरा कास्कीबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रुपाकोट रिसोर्टकोे तर्फबाट बिक्री प्रबन्धक पियुस लामाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।
पुरा पढ्नुहॊस »नेपाल लाइफ इन्स्योरेन्सको ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स’ सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले उत्कृष्ट १०० एजेन्ट र एजेन्सी म्यानेजरलाई पुरस्कृत गरेको छ । विगत १९ वर्षदेखि नेपालमा जीवनबिमा सेवा पुर्याउँदै आएको कम्पनीले हालै पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एन्ड एजेन्सी फ्यालिसिटेसन प्रोग्राम २०७६’ गर्दै एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गरेको हो । नेपालको जीवनबिमा बजारको लगभग ३२ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको यस कम्पनीले देशैभरि जीवनबिमाको सहज पहुँच पुर्याउन …
पुरा पढ्नुहॊस »प्रभु बैंक र सक्षमबीच समझदारी
काठमाडौं । प्रभु बैंक र वित्तीय पहुँच विस्तारमा काम गर्दै आएको संस्था सक्षमबीच समझदारी भएको छ । बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा बैंक र सक्षमबीच कोरिया र भारतमा रहेका २१ हजार नेपालीको खाता खोल्नका लागि समझदारी भएको हो । समझादारी पत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमका तर्फबाट निर्मल दाहालले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंकले कोरिया र भारतमा रहेका २१ हजार नेपालीहरुको बैंक खाता …
पुरा पढ्नुहॊस »विराटनगरमा एनआईसी एशिया बैंकको तीन नयाँ शाखा एकैसाथ संचालन
मोरङ । एन आई सी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा भाद्र २५ गतेदेखि सञ्चालनमा आएको छ । मोरङ जिल्ला, विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको समुद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे । त्यस्तैगरी विराटनगर हाटखोलास्थित हाटखोला शाखाको उद्घाटन मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गरेका छन् । यी शाखा विस्तारसँगै बैंकका आदरणीय ग्राहकहरुले आफूलाई पायक पर्ने शाखाबाट बैंकको सेवा प्राप्त गर्न थप सहज …
पुरा पढ्नुहॊस »कँडेल ज्योति विकास बैंकको कम्पनी सचिवमा नियुक्त
काठमाडौं । ज्योति विकास बैंकको कम्पनी सचिव पदमा पारसराज कँडेललाई नियुक्त गरिएको छ । यही भदौ २४ गतेदेखि लागु हुनेगरी उनलाई सो पदमा नियुक्त गरिएको हो । यसरी, कम्पनी सचिवको नियुक्ति तथा हालका कम्पनी सचिवको जिम्मेवारी हेरफेर गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले जानकारी दिएका छन् ।
पुरा पढ्नुहॊस »सेञ्चुरी कमर्सियल बैंक आरटीजीएस प्रणालीमा
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धि सम्झौता भएको छ । भदौ २२ गते भएको सम्झौतामा सेञ्चुरी बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने छन् । सम्झौता पत्रमा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले हस्ताक्षर गरेका छन् ।
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंकको ‘सुपर चमत्कारीक तलव बचत खाता’ योजना, ६० लाखसम्मको दुर्घटना बिमा
काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारी लक्षित ‘सुपर चमत्कारीक तलव बचत खाता’ योजना सार्वजनिक गरेको छ । कर्मचारीहरुको मासिक तलब बचत गर्न उत्प्रेरित गर्ने उद्देश्यले बैंकले तलब खाता संचालनमा ल्याएको छ । ‘सुपर चमत्कारीक तलव बचत खाता’ शून्य मौज्दातमा खोल्न सकिने छ । बैंकले ६.५० प्रतिशत ब्याजदरमा उक्त बचत खाता योजना ल्याएको हो । जसअन्तर्गत कम्तीमा पनि ५ जना कर्मचारी कार्यरत संस्था वा कम्पनीले यो योजनामा सहभागिता जनाउन सक्नेछन् । …
पुरा पढ्नुहॊस »नविल बैंकले माग्यो कर्मचारी
काठमाडौं । निजी क्षेत्रको नविल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनिमा १० र ट्रेनि एसिस्टेन्टमा ५० जना कर्मचारी मागेको हो ।
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा र फिर्ता
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बंैकको साना तथा लघुबैंकिङ्ग, पर्सा शाखामा सदस्य रहनु भएका मनमाया मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । उक्त रकम स्व. मनमाया मगरको छोरा तथा निजले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष टिकादत्त ईटनि, बैंकको पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष …
पुरा पढ्नुहॊस »लक्ष्मी बैंकको शाखा सप्तरीको राजविराजमा
काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा सप्तरीको राजविराजमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।यस बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।
पुरा पढ्नुहॊस »