विराटनगरमा एनआईसी एशिया बैंकको तीन नयाँ शाखा एकैसाथ संचालन

मोरङ । एन आई सी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा भाद्र २५ गतेदेखि सञ्चालनमा आएको छ । मोरङ जिल्ला, विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको समुद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे ।

त्यस्तैगरी विराटनगर हाटखोलास्थित हाटखोला शाखाको उद्घाटन मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गरेका छन् ।

यी शाखा विस्तारसँगै बैंकका आदरणीय ग्राहकहरुले आफूलाई पायक पर्ने शाखाबाट बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री