काठमाडौं । अनुहारमा तेजाब प्रहार गरी फरार रहेका अभियुक्त दीलिपराज केशरी ७ वर्षपछि पक्राउ परेका छन्। केशरीले वि.सं.२०७० साल बैशाख ९ गते पीडित विन्दावासिनी कंशाकारलाई आफूसँग विवाह गर्न आग्रह गरेको थिए ।
तर कंशाकारले आफ्नो सो प्रस्ताव अस्वीकार गरेपछि हेटौंडा पिपलबोट चोकमा पसल सञ्चालन गर्दै आएका भारत महाराजगञ्ज, अमरपूर्वन वडा नम्बर ६का केशरीले तेजाव प्रहार गरी फरार भएका थिए । घटनापछि केशरी भारतको गुडगाऊमा लुकेर बस्दै आएका थिए ।
प्रहरीले सूचनाका आधारमा केशरीलाई मकवानपुरबाट पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहॊस