काठमाडौं । सनराइज बैंकको प्रस्तावित १५.८० प्रतिशत लाभांश पारित भएको छ ।
बैंकको १२औं वार्षिक साधारण सभाले सेयरधनीलाई १० प्रतिशत बोनस र ५.८० प्रतिशत नगद(बोनस सेयर र कर प्रयोजनको लागि) गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बैंकको चुक्तापुँजी दुई अर्ब ७८ करोड ८३ लाख ६७ हजार नौ सय ९६ रुपैयाँ ७८ पैसा छ ।
यसको १६.१५ प्रतिशतले हुन आउने ४५ करोड तीन लाख २१ हजार चार सय ३१ रुपैयाँ बराबरको बोनस सेयर र उक्त सेयरको कर प्रयोजनका लागि दुई करोड ३७ लाख एक हजार एक सय २७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव संचालक समितिले गरेको छ ।
तपाईंको प्रतिकृया




