काठमाडौं । सिद्धार्थ बैंकले एकैदिन चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिराहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकको कुल शाखा सञ्जाल संख्या १ सय ७१ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । यसका साथै बैंकले १ सय एक शाखारहित बैंकिङ्ग सेवा, १ सय ८७ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिन मार्फत् बैंकिङ्ग सेवा दिंदै आएको छ ।
तपाईंको प्रतिकृया




