मेगा बैंकको लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर सञ्चालनमा

काठमाडौं। मेगा बैंकले मेगा लर्निङ एण्ड डेभलपमेन्टमा रिसोर्स सेन्टरसञ्चालनमा ल्याएको छ। बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वरस्थित बैंकको कार्यालय परिसरमा  डेभलपमेन्ट सेन्टरको उद्घाटन गरेका छन्।

मेगा बैंकमा कार्यरत कर्मचारीहरुको शीप, ज्ञान एवं दक्षता अभिवृद्धि गर्दै अभैm प्रभावकारी ढंगले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले यस सेन्टरलाई बैंककै कार्यालय रहेको भवनमा स्थापना गरिएको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए ।

बैंककी सिइओ अनुपमा खुञ्जेलीले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरको उद्देश्य तालिम दिने मात्रै नभई बैंकभित्रै अनुभवी प्रशिक्षकहरुको पनि संख्या वृद्धि गर्ने रहेको बताउनु भयो र सोही बमोजिमको योजना एवं तालिका तयार गरी सेन्टरलाई सञ्चालन गरिने बताइन् ।

बैंककी एडीसिइओ रबीना देशराज श्रेष्ठले यस सेन्टरले लिएको उद्देश्यलाई थप प्रभावकारीताका साथ हासिल गर्न नौलो प्रविधि अनुसार फरक वातावरण सहित ज्ञान एवं दक्षता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिंदै यस सेन्टरको उद्देश्य बारे थप प्रकाश पार्न देशका साना तथा मझौला उद्यमी लगायत आम जनसमुदायमा वित्तीय साक्षारता प्रदान गर्न कर्मचारीमा क्षमता अभिवृद्धि गर्ने सोच समेत रहेको बताइन् ।

कार्यक्रममा मेगा बैंकका सञ्चालकहरु, सिइओ, एडीसिइओ, अन्य उच्च व्यवस्थापन श्रेणीका कर्मचारी लगायतको उपस्थिति थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री