महराको थुनछेक बहस आज हुँदै

काठमाडौं । महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान समाभुख कृष्णबहादुर महराको थुनछेक वहसको  प्रक्रिया आज शुरु हुँदैछ । बिहीबार मुद्दा दर्ता भए पनि समय अभावले थुनछेक बहस हुन सकेको थिएन ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार जिल्ला अदालत काठमाडौँको इजलासमा सुरुमा महराको बयान लिइनेछ भने त्यसपछि बादी र प्रतिवादीका तर्फबाट थुनछेक बहस हुनेछ ।

बहस सकिएपछि अदालतबाट महरालाई थुनामा राख्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्ने वा के गर्ने हो भन्ने विषयमा फैसला हुनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च ओहोदामा बसेर कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी जम्मा ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गरी महराविरुद्ध मुद्दा दायर गरेको हो । महरालाई १९ असोजमा पक्राउ गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री