Tag Archives: featured

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घटेको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब ५ करोड नाफा कमाएको बैंकले चालु आर्थिक वर्ष साउनदेखि असोजसम्मको यो अवधिमा ८४ करोड ४४ लाखमात्रै नाफा गरेको छ । बैंकको वितरण योग्य नाफा भने ४२ करोड ३७ लाख रुपैयाँ कायम छ । बैंकले यो अवधिमा आफ्नो १ खर्ब ५१ अर्ब २८ करोड निक्षेप संकलन गरेर १ खर्ब ३० अर्ब ३ …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको नाफा ६९ करोड

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढी हो । बैंकले गत आवको पहिलो तीन महिनामा ६४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । ८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ७९ करोड रुपैयाँ संकलन भएको छ । जुन अघिल्लो वर्षको तीन महिनामा ५ …

पुरा पढ्नुहॊस »

बीमा संस्थानको अध्यक्षमा गंगाराम कँडेल

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सञ्चालक समितिको अध्यक्षमा गंगाराम कँडेल नियुक्त भएका छन् । कँडेललाई गत साता बसेको मन्त्रिपरिषद् बैठकले उक्त पदमा नियुक्त गरेको हो । कँडेल लामो समयदेखि विद्यालय तथा कलेजहरूमा अध्यापन पेशमा सम्लग्न रहेका थिए । अध्यक्षमा नियुक्त भएका कँडेलेको वित्तीय क्षेत्रमा नयाँ अनुभव हो । कँडेलले व्यवस्थानमा एमबीए, तथ्यांकशास्त्रमा स्नाकोत्तर तथा विदेशबाट एक्चुरियल स्टाटिटिक्समा स्नातक गरेका छन् ।

पुरा पढ्नुहॊस »

ज्योति लाईफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । उक्त कम्पनीका क्षेत्रीय प्रबन्धक मोहन पुरीले बीमित स्व. जनक केसीको घरमै पुगी दुघर्टना मृत्यु बापत हुने बीमाङ्कको दोहोरो रकम रु २० लाख र बोनस बापतको रकम रु ५५ हजार गरी कुल २० लाख ५५ हजारको चेक हस्तार गरेका हुन् । स्व. केसीले यस कम्पनीको तुलसीपुर उपशाखाबाट गत चैत १२ गते रु १० लाख बीमाङ्कको बीमालेख …

पुरा पढ्नुहॊस »

मेगा बैंककाे शेयरधनीलाइ ११.७५ प्रतिशत नगद लाभांश पारित

काठमाडाै । नेपालकाे बैकिङ क्षेत्रमा पछिल्लाे समय राम्राे छलाङ मार्न सफल मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको छ । काठमाडौँकाे प्रज्ञाभवनमा अाज सम्पन्न मेगा बैंकको नवौँ बार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश पारित गरेको हो । अध्यक्ष भोजबहादुर शाहले आर्थिक बर्ष २०७५/०७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम चुक्ता पुँजी १० अर्ब ३८ करोड …

पुरा पढ्नुहॊस »

पत्रकार शिवाकोटी‘ ईन्जा साहसी पत्रकारिता पुरस्कारबाट पुरस्कृत, स्वर्गीय पत्रकार शर्माको परिवारलाई २५ हजार दिने घोषणा

काठमाडौं । पत्रकार अजयबाबु शिवाकोटीले ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ पाएका छन् । शिवाकाेटीले  २५ हजार रुपियाँ हिजो निधन भएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई सहयोग गर्ने घोषणा गरेका छन्। नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको उक्त पुरस्कार एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएसँगै उनले उक्त घोषणा गरेका हुन।

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंकबाट धुलिखेलको विद्यायललाई कम्प्यूटर वितरण

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले विद्यालयलाई कम्प्यूटर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रे जिल्ला, धुलिखेल नगरपालिका, वडा नं ७ सञ्जीवनी बजारमा अवस्थित नेपालको नमूना जिल्लाको ऐतिहासिक शैक्षिक गन्तब्य सञ्जीवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधि तथा कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पुर्याउने उद्देश्यले २ थान डेक्स्टप कम्प्यूटर वितरण गरेको जनाएकाे छ । धुलिखेल शाखाका प्रबन्धक दीपक ढुङ्गानाले एक समारोहका बीच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई कम्प्यूटर हस्तान्तरण …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैँकको १८ औँ साधारणसभा सम्पन्न

काठमाडाैँ । महालक्ष्मी विकास बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट ९.८९% नगद लाभांश र ८% का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या …

पुरा पढ्नुहॊस »

सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

काठमाडाैँ ।  नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा, लि. को सेलपे सेवाले आजबाट दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम नक्साल भाट्भटेनिमा कार्तिक २९ र ३० गते, महाराजगञ्ज भाट्भटेनिमा मंसिर ६ र ७ गते र पाटन भाट्भटेनिमा मंसिर १३ र १४ गते १० देखि ५ बजे सम्म हुन गैरहेको छ । यस एक्टिभेसनको मुल उदेश्य ग्राहकहरुसंग अन्तर्कि्रया बढाउन र सेलपे एप्पको बारे …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको काउण्टर कोशी अस्पतालमा

काठमाडौँ । प्रभु बैंकले मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा काउण्टर सञ्चालन गरेको छ । बैंकले    उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा  कोशी अस्पतालमा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन काउण्टर सञ्चालन गरेको हो । प्रभु बैंकले आवश्यक पूर्वाधार निर्माण गरी सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बैंकको काउण्टर सञ्चालन गरी सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने जनाएको …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds