सभाखोलाले बगाएर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभामा सभाखोला तर्ने क्रममा बगेका एक जनाको मृत्यु भएको छ । जिल्लाको पाँचखपन नगरपालिका र खाँदबारी नगरपालिकाको बिचमा रहेको सभाखोला तर्ने क्रममा खाँदबारी नगरपालिका– ९ का ६३ वर्षीय बखतबहादुर कुमाललाई सभाखोलाले बगाई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

खाँदबारी– ९ माथिल्लोटार बस्ने बखतबहादुर र सोही ठाउँका वर्ष २२ का अमृत कुमाल माछा मार्न भनी पाँचखपन– ४ स्थित बाहुनी खोला जाने क्रममा सोही स्थानमा रहेको अर्को सभाखोला तर्ने क्रममा मंगलबार दिउँसो निजलाई बगाई बेपत्ता बनाएको प्रहरीमा खबर आएको थियो । त्यसपछि प्रहरी र स्थानीयको व्यापक खोजतलासपछि हिजो (बुधबार) दिउँसो बखतबहादुरको शव पाँचखपन– ४ स्थित कोरन्डे भन्ने ठाउँमा भेटिएको प्रहरीले जनाएको छ । बेपत्ता बनेका बखतबहादुर खोज्न तुम्लिङटार र वाना प्रहरी कार्यालयबाट प्रहरीहरू खटिएका थिए ।

जिल्ला अस्पताल खाँदबारी ल्याएर पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा दिइसकिएको प्रहरीले जनाएको छ । त्यसैगरी जिल्लाको चैनपुर नगरपालिका– ९ बेलडाँडामा स्थानीय चन्द्रबहादुर तामाङको घर आगलागी भएको छ । बुधबार दिउँसो खाबाको खुट्टा, टाटीबेरा लगाई फुसको छाना भएको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट करिब ९० हजारबराबरको क्षति भएको प्रारम्भिक अनुमान आएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय र पशुचौपायाको भने क्षति भएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोला पहिरोमा ज्यान गुमाएका ३५ जनाकै पहिचान खुल्यो (नामसहित)

काठमाडौं – त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको पहिचान खुलेको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds