मेगा बैंककाे शेयरधनीलाइ ११.७५ प्रतिशत नगद लाभांश पारित

काठमाडाै । नेपालकाे बैकिङ क्षेत्रमा पछिल्लाे समय राम्राे छलाङ मार्न सफल मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको छ । काठमाडौँकाे प्रज्ञाभवनमा अाज सम्पन्न मेगा बैंकको नवौँ बार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

अध्यक्ष भोजबहादुर शाहले आर्थिक बर्ष २०७५/०७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४ सय ५४ रुपैँयाको ११ दशमलव ७५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैँया ८१ पैसालाई नगद लाभांश स्वरुप शेयरधनीलाई वितरणका लागि पारित गरेको जानकारी दिए ।

शाहले ‘आफ्नो पुँजी तथा व्यवसायको आकारमा वृद्धि गर्दै उत्कृष्ट वाणिज्य बैंकको रुपमा स्थापित गर्ने उद्देश्यलाई अगाडि बढाउन पोखरामा केन्द्रिय कार्यालय रहेकाे राष्ट्रिय स्तरको “ख” वर्गको वित्तीय संस्थाको रुपमा सञ्चालित गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न असोज ८ गते समझदारीपत्रमा हस्ताक्षर गरी सैद्दान्तिक सहमति समेत गरिसकेका छौँ । वताए ।

बैंककाे साे साधारणसभामा सिइओ अनुपमा खुञ्जेलीले ग्राहकहरुको विश्वास जित्दै अघि बढ्दै गरेकाे बैंकको सञ्जाल, व्यवसाय र मुनाफाको आकारमा उल्लेख्य प्रगति भएको वताइन्। सुरुदेखिनै नै निम्न अाय भएका र मध्यमवर्गीय नेपालीहरुलाई प्राथमिकता दिँदै नवीनतम र अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको सिइअाे खुञ्जेलीले वताइन् ।

बैंकको उपलब्धिका लागि सबै सरोकारवाला, संस्थापक, सर्वसाधारण शेयरधनी, नियमक निकाय र ग्राहकलाइ उनीले धन्यवाद दिइन् । मेगा बैंकका हाल १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, १११ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु छन् ।

बैंकको आफ्नै “मेगारेमिट” को देशभर लगभग २५ सयभन्दा अधिक प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय विप्रेवषण सेवा सहकार्यको संख्या २१ पुगेको छ । बैंकले व्यावसायिक दायरा वृद्धि गर्न मर्चेन्ट बैंकिङ्ग व्यवसायको लागि बैंकको सहायक कम्पनी “मेगा क्यापिटल मार्केट्स् लिमिटेड” ले सञ्चालन अनुमति प्राप्त गरी २०७६ बैशाखबाट कारोबार सञ्चालन गरिसकेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस