सेञ्चुरी कमर्सियल बैंकबाट धुलिखेलको विद्यायललाई कम्प्यूटर वितरण

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले विद्यालयलाई कम्प्यूटर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रे जिल्ला, धुलिखेल नगरपालिका, वडा नं ७ सञ्जीवनी बजारमा अवस्थित नेपालको नमूना जिल्लाको ऐतिहासिक शैक्षिक गन्तब्य सञ्जीवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधि तथा कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पुर्याउने उद्देश्यले २ थान डेक्स्टप कम्प्यूटर वितरण गरेको जनाएकाे छ ।

धुलिखेल शाखाका प्रबन्धक दीपक ढुङ्गानाले एक समारोहका बीच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई कम्प्यूटर हस्तान्तरण गरेका हुन् । साे कार्यक्रमको प्रमुख आतिथ्यता ब्यवस्थापन समितिका अध्यक्ष बेलप्रसाद श्रेष्ठले गरेका थिए ।

साे कार्यक्रममा पूर्व प्राचार्य बेदप्रसाद कोजु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, सहायक प्राचार्य पवन प्रधान तथा सेञ्चुरी बैंकका काभ्रे जिल्लाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री