महालक्ष्मी विकास बैँकको १८ औँ साधारणसभा सम्पन्न

काठमाडाैँ । महालक्ष्मी विकास बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट ९.८९% नगद लाभांश र ८% का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।

नेपाल चार्टड अकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड  (Best Presented Annual Report (BPA) Award) – २०१८ र साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड(SAFA Best Presented Annual Report Award) – २०१८ प्राप्त गर्न सफल बैंकले हालसम्म करिब रु. ३४ अर्ब २८ करोड निक्षेप संकलन गरी रु. २८ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री