इन्फिनिक्सको दसैँ, तिहार र छठ अफरमा स्कुटर जित्न सकिने

काठमाडौं । स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले दसैँ, तिहार र छठको अवसरमा एक अफर सार्वजनिक गरेको छ । इन्फिनिक्स दसैँ धमाका अफरअनुसार Vespa Elegante 150 स्कूटर, स्मार्टफोनहरू र अन्य आकर्षक पुरस्कार जित्न सकिने कम्पनीको भनाइ छ ।

जसअनुसार Infinix स्मार्टफोन किन्नेलाई १०० दिनको स्क्रिन प्रतिस्थापन ग्यारेन्टी, दैनिक राफल ड्र मार्फत एक ग्राहकलाई नयाँ Infinix Hot 40i (8+128GB) स्मार्टफोन र बम्पर पुरस्कारमा एक Vespa Elegante 150 स्कूटर प्रदान गरिनेछ । यो अफर २७ सेप्टेम्बरदेखि ३ नोभेम्बर २०२४ सम्म लागू हुने भने नेपालभरका कुनै पनि आधिकारिक Infinix बिक्रेताबाट उपलब्ध हुनेछ।

ग्राहकहरूले Infinix स्मार्टफोन खरिद गरेपछि डिजिटल स्पिन ह्वीलमार्फत विजेता चयन गरिने जनाइएको छ। यो अफर नेपालभरका आधिकारिक Infinix बिक्रेता मार्फत उपलब्ध हुने कम्पनीको भनाइ छ ।

सहभागी कसरी हुने ?
-२७ सेप्टेम्बरदेखि ३ नोभेम्बर २०२४ सम्म नेपालका कुनै पनि आधिकारिक Infinix बिक्रेताबाट स्मार्टफोन खरिद गर्नुहोस्।
-स्टोरमा उपलब्ध QR कोड स्क्यान गरी आफ्नो IMEI नम्बर दर्ता गर्नुहोस्।
-डिजिटल स्पिन ह्वील घुमाएर पुरस्कार जित्ने मौका पाउनुहोस्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

समयमा उपचार नपाउँदा अछाममा सुत्केरीको मृत्यु

काठमाडौं । अछाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–६ कि २९ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds