नेपालीको महान् पर्व बडादसैँ सुरु, दसैँ घरमा राखियो जमरा

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दसैँ घरमा विधिवत् रुपमा जमरा राखिएको छ । दसैँ घरमा विधिवत् वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ९ः१६ बजे जमरा राखिएको हो ।

अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैँ घरमा जमरा छर्ने गरिन्छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ । नवरात्रीभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ ।

नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।

यो पनि : विजयादशमीको साइत असोज २६ गते ११ः३६ बजे

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिलाको गोप्य फोटो पठाएर चरित्र हत्या गर्ने युवक विमानस्थलबाट पक्राउ

काठमाडौँ । विदेशमा बसेर नेपालमा रहेकी एक महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds