प्रभु बैंकको काउण्टर कोशी अस्पतालमा

काठमाडौँ । प्रभु बैंकले मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा काउण्टर सञ्चालन गरेको छ । बैंकले    उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा  कोशी अस्पतालमा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन काउण्टर सञ्चालन गरेको हो ।

प्रभु बैंकले आवश्यक पूर्वाधार निर्माण गरी सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बैंकको काउण्टर सञ्चालन गरी सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds