सीजी नेटले ल्यायो ‘हातै खाली नरहने’ अफर

काठमाडौं । सीजी नेटले दसैँ, तिहार, छठ तथा ईद पर्वका अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी ‘हातै खाली नरहने’ अफर ल्याएको छ । असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा यो अफर लागु हुने कम्पनीले जनाएको छ ।

यो अफरमा सीजी नेटका ग्राहकले फास्टेस्ट इन्टरनेट सेवासँगै तीन महिनासम्मको बोनसबापत एक हजार ५०० रुपैयाँसम्मको नगद छुट, इन्स्ट्यान्ट क्यासब्याक र फ्री वाइफाइ ६ अपग्रेड पनि पाउन सक्नेछन् ।

सीजी नेटको १०१ एमबीपीएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकले सुरुआती मूल्य नौ हजार ९९९ रुपैयाँमा स्मार्ट बल्ब निःशुल्क पाउनेछन् ।

१५० एमबीपीएस र २५० एमबीपीएसको नवीकरण तथा नयाँ जडान गर्दा सुरुआती मूल्य १२ हजार ४९९ रुपैयाँमा अत्याधुनिक क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) निःशुल्क पाइनेछ ।

यसैगरी, ३५० एमबीपीएस र ६६६ एमबीपीएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्दा सुरुआती मूल्य १४ हजार ४९९ रुपैयाँमा दुवै निःशुल्क पाउन सकिनेछ ।

कम्पनीले आफ्ना ग्राहकलाई दैनिक रूपमा सीजी डिजिटल, मिनिसो, फॉरएवर यङ, कस्पेरस्काई एन्टि भाइरस, नेपाल टी कलेकटिभ्स र क्लासिक डायमण्डका सामान खरिदमा ७० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको पनि जानकारी गराएको छ ।

यस्तै, नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकले साप्ताहिक रूपमा ५० हजार रुपैयाँराबरका मिनिसो र फॉरएवर यंग ब्रान्डका सामान उपहारस्वरूप प्राप्त गर्न सक्नेछन् ।

साथै, नोथिङ ब्रान्डको सीएमएफ फोन–१, एयरबर्ड र मिराया रिसोर्टमा एक रातको आकर्षक प्याकेज पनि घोषणा गरिएको छ ।

योजनाअन्तर्गत मासिक रूपमा वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा बम्पर उपहार योजनाअन्तर्गत हिरोको जुम स्कुटर उपहारस्वरूप घोषणा गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds