Tag Archives: featured

सिद्धार्थ बैंकको शाखा हरिवन र न्यूरोड नेपालगञ्जमा

काठमाडौं । सिद्धार्थ बैंकले  सर्लाहीको हरिवन र बाँकेको न्यूरोड नेपालगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले  सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकको कुल शाखा सञ्जाल संख्या १ सय ७८, १ सय १ शाखारहित बैंकिङ्ग सेवा, १ सय ९७ एटिएम,४ एक्स्टेन्सन् काउन्टर सहित र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनका साथै बैंकले …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं । प्रभु बैंकले  सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले गरे । बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौं । कृषि विकास बैंकले सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत चन्द्रागिरीस्थित जनकल्याण माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उपलव्ध गराएको ३ थान ल्यापटप, १ थान प्रोजेक्टर र १ थान साउण्ड सिस्टम चन्द्र्रागिरि नगरिपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि घनश्याम गीरी, उपमेयर लिसा नकर्मी समेतको उपस्थितीमा विद्यालयका प्रधानअध्यापक गौतम नकर्मिलाई हस्तान्तरण गरेका हुन् ।

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा महोत्तरीमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले महोत्तरीबाट शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकका प्रमुख सौरभ चौधरी र बर्दिबास नगरपालिकाका अध्यक्ष राजन प्रसाद ढुङ्गगानाले सयुक्त रूपमा  शाखारहित बैंकिङ्गका प्रतिनिधि गंगा बहादुर कार्कीलाई ट्याब मेसिन हस्तान्तरण गरे। बैंकको काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १ सय शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित   छन् ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘दि कर्मा’को ट्रेलर रिलिज

काठमाडाैं । चलचित्र ‘दि कर्मा’को ट्रेलर रिलिज गरिएको छ । चलचित्रको ट्रेलरमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ र भारतीय कलाकार करण वर्मा देखिन्छन् ।

पुरा पढ्नुहॊस »

यस्ताे छ आजकाे विनिमयदर, अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौं । आज पुस १६ गते बुधबार (जनवरी १ तारिख) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ५२ पैसा रहेको छ। यो मूल्य मंगलबारको तुलनामा ११ पैसा बढी हो । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ३५ पैसा र बिक्रिदर १५१ रुपैयाँ १४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० …

पुरा पढ्नुहॊस »

‘सिभिल बैंककाे वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका काम’

काठमाडाैं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे बमोजिमको विविध सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न गरेको छ । बैंकले आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवको दिन देखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १३५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई …

पुरा पढ्नुहॊस »

एनसेलले बुझायो ४ अर्व ५० करोड पूँजीगत लाभकर

काठमाडाैं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । एनसेलले एभरेस्ट बैंकमार्फत नेपाल सरकारको राजश्व खातामा ४ अर्ब ५० करोड रुपैयाँ जम्मा गरेको हो । सेयर स्वामित्व खरिद बिक्री प्रकरणमा निर्धारण भएको २२ अर्ब ४४ करोड ५३ लाख लाभकरमध्ये एनसेलले पहिलो किस्ताको रुपमा ४ अर्ब ५० करोड रुपैयाँ लाभकर बुझाएको हो । बाँकी कर आयकर ऐनले दिएको सुविधा अनुसार किस्ताबन्दीमा तिर्न …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको डेबिट/क्रेडिट कार्डमा ५ सय क्यास व्याक अफर

काठमाडाैं । माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ग्राहकलाई लक्षित गरी डेबिट तथा क्रेडिट कार्डमा पाँच सय रुपैयाँसम्मको क्यास व्याक अफर ल्याएको छ । बैंकले नेपालभित्र डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी विभिन्न बस्तु तथा सेव खरिद गर्दा पाँच सय रुपैयाँसम्म क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो । उक्त योेजनाअनुसार ग्राहकले माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा पाँच सय रुपैयाँ बराबरको ३ वटा छुट्टा छुट्टै कारोबार …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकका ग्राहकलाइ खुसी नै खुसी, फोटोन ब्राण्डका सवारी किन्दा सजिलै कर्जा पाउने

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले फोटोन ब्राण्डका सवारी किन्दा सजिलै कर्जा पाउने भएका छन् । बैंकले एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा. लि.सँग सम्झौतापश्चात ग्राहकलाई उक्त सेवा सुविधा दिने वताएकाे छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा एम. ए. डब्ल्यूको तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गरेका हुन् । यससँगै ग्राहकले कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यालयहरुबाट सहज र …

पुरा पढ्नुहॊस »