काठमाडौं । कृषि विकास बैंकले सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत चन्द्रागिरीस्थित जनकल्याण माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उपलव्ध गराएको ३ थान ल्यापटप, १ थान प्रोजेक्टर र १ थान साउण्ड सिस्टम चन्द्र्रागिरि नगरिपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि घनश्याम गीरी, उपमेयर लिसा नकर्मी समेतको उपस्थितीमा विद्यालयका प्रधानअध्यापक गौतम नकर्मिलाई हस्तान्तरण गरेका हुन् ।
तपाईंको प्रतिकृया




