Tag Archives: featured

सिद्धार्थ बैंकले सुर्खेतमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंकले सुर्खेतको वीरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु …

पुरा पढ्नुहॊस »

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच सहकार्य

काठमाडौं । नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघले आपसमा सघाउने गरी सहकार्यको घोषणा गरेका छन् । कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठबीच बैंक  र संघका सदस्यलाई, व्यवसाय प्रवद्र्धन तथा बैकिङ सेवा सुलभ तवरवाट उपलब्ध गराउनेसम्बन्धी सम्झौतासमेत भएको छ। दुई संस्थाले भक्तपुर जिल्लाका उद्योग तथा व्यवसाय प्रवर्द्धन विषयक अन्तर्क्रिया आयोजना गरेका थिए ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा जाजरकोटको त्रिभुवन माध्यमिक विद्यालयलाई एक लाखको आर्थिक सहयोग प्रदान

काठमाडौं । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नलगाड न. पा. ७, जाजरकोट अवस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रु एक लाखको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरियो । यस विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव ११ सय ५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो। …

पुरा पढ्नुहॊस »

सर्वोत्कृष्ट बर्ष खेलाडीलाई ग्लोबल आइएमई बैंकको नगद पुरस्कार प्रायोजन

काठमाडौं । ग्लोबल आई एम ई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ । पुरुष तर्फ सर्वोत्कृष्ट भएका प्याराग्लाईडिङ्गका विमल अधिकारी र महिला तर्फ सर्वोत्कृष्ट भएका तेकवान्डोकी निमा गुरुङ्गलाई यस बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले जनही रु १ लाखको चेक हस्तान्तरण गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी …

पुरा पढ्नुहॊस »

आज अमेरिकी डलरसहित १९ देशको भाउ बढ्यो

काठमाडौं । आज फागुन ७ गते बुधबार अमेरिकी डलरसहित १९ देशको भाउ बढेको छ । मलेसियन रिँगिटको भाउ भने स्थिर छ । आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ १९ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ७९ पैसा रहेको छ। यूरोपियन यूरो एकको खरिददर १ सय २३ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ ३६ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ …

पुरा पढ्नुहॊस »

एनआइसी एशिया बैंकको धनुषाधाम शाखा संचालन

काठमाडौं । एनआइसी एशिया बैंकको धनुषाधाम नगरपालिका वडा नं. ३मा धनुषाधाम शाखा संचालन आएको छ । मंगलबार सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलले उक्त शाखाको उद्धघाटन गरे । यस बैंकको मुलकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत् सेवा दिदैं आएको छ ।

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकको धनुषाधाम शाखा समुद्घाटन

काठमाडौं । एन आई सी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग करोबार सुरु गरेको छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा कार्यालयको औपचारिक रुपमा समुद्घाटन कार्यक्रम सम्पन्न गरेको हो । सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलबाट आज एक समारोहकाबीच उक्त शाखाको समुद्घाटन सु–सम्पन्न भयो । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई …

पुरा पढ्नुहॊस »

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडाैँ । सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ । निरन्तर उकालो लाग्दै गएको सुनको भाउ सोमबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ७५ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७६ हजार ४ सय रुपैयाँ पुगेको छ ।

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमईको शाखा डोटीको पिपल्लामा

ग्लोबल आईएमई बैंकले दिपायलको पिपल्ला बजारमा शाखा विस्तार गरेको छ । उक्त  शाखाको उद्घाटन डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेल र ग्लोबल आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले  संयुक्त रुपमा गरे । बैंकका देशभर २७० शाखा, २५६ एटीएम, ३७ एक्स्टेन्शन तथा राजस्व संकलन काउन्टर, २४९ शाखारहित सेवा र विदेशमा ३ प्रतिनिधि-सम्पर्क कार्यालय सञ्चालनमा छन् …

पुरा पढ्नुहॊस »

खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुपबीच सम्झौता

काठमाडाै ।   खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुप बीच खल्ती एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा भाटभटेनी ग्रुप द्वारा प्रबर्धित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनाल जंग कार्की र खल्तीका निर्देशक अमित अग्रवालले हस्ताक्षर गरे । सम्झौता अनुसार अब खल्ती एपबाट सिधै पैसा पठाउन सकिने र भाटभटेनी सुपरमार्केट तथा भाटभटेनीका देशैभरी रहेका २५ सय भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत उक्त पैसा झिक्न सकिनेछ। यस …

पुरा पढ्नुहॊस »