कामना सेवा विकास बैंकका ग्राहकलाइ खुसी नै खुसी, फोटोन ब्राण्डका सवारी किन्दा सजिलै कर्जा पाउने

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले फोटोन ब्राण्डका सवारी किन्दा सजिलै कर्जा पाउने भएका छन् । बैंकले एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा. लि.सँग सम्झौतापश्चात ग्राहकलाई उक्त सेवा सुविधा दिने वताएकाे छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा एम. ए. डब्ल्यूको तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गरेका हुन् । यससँगै ग्राहकले कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा फोटोन ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।

कामना विकास बैंकले ११४ वटा शाखा तथा ६० वटा एटीएममार्फत ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बैंकले जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री