माछापुच्छ्रे बैंकको डेबिट/क्रेडिट कार्डमा ५ सय क्यास व्याक अफर

काठमाडाैं । माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ग्राहकलाई लक्षित गरी डेबिट तथा क्रेडिट कार्डमा पाँच सय रुपैयाँसम्मको क्यास व्याक अफर ल्याएको छ । बैंकले नेपालभित्र डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी विभिन्न बस्तु तथा सेव खरिद गर्दा पाँच सय रुपैयाँसम्म क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो ।

उक्त योेजनाअनुसार ग्राहकले माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा पाँच सय रुपैयाँ बराबरको ३ वटा छुट्टा छुट्टै कारोबार गरेपछि पाँच सय फिर्ता पाउनेछन् । त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवा लगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा पाँच सय बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरी प्रत्येक महिना पाँच सय क्यास व्याक सुविधा प्राप्तगर्न सकिने छ ।

माछापुच्छ्रे बैंकले भिषाको सहकार्यमा २०२० जनवरी र फेब्रुअरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको हो । देशभर १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७८ वटा एटीएमहरु र १ हजार भन्दा बढी पिओएसमार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप