काठमाडौं । सिद्धार्थ बैंकले सर्लाहीको हरिवन र बाँकेको न्यूरोड नेपालगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकको कुल शाखा सञ्जाल संख्या १ सय ७८, १ सय १ शाखारहित बैंकिङ्ग सेवा, १ सय ९७ एटिएम,४ एक्स्टेन्सन् काउन्टर सहित र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
तपाईंको प्रतिकृया




