काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो फेसबुकमा रहेका सन्दीपका फ्यानलाई आफूलाई अनफ्रेन्ड गर्न भनेकी हुन् । अभयाले लेखेकी छन्, ‘सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरू कृपया मलाई अनफ्रेन्ड गर्नुहोस् । म मेरो नजिक कहीँ पनि यी घृणित अनुयायीहरूभन्दा केही राम्रा मित्रहरू राख्न चाहन्छु ।’
पुरा पढ्नुहॊस »सान्भी अटो लिङ्कद्वारा नयाँ बानेश्वरमा टिभिएसको नयाँ शोरुम उद्घाटन
काठमाडौँ । सान्भी अटो लिङ्कले नयाँ बानेश्वर, काठमाडौंमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ । जेठ १० गते भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा हास्य कलाकार सन्दीप क्षेत्री र भक्तपुर वडा नं। २ का सम्माननीय सांसद, दुर्लभ थापाले रिबन काटेर शोरूमको उद्घाटन गरेका हुन् । व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो लिङ्कका सञ्चालक श्रीकृष्ण थापाले जनाए । उपभोक्ताहरूको …
पुरा पढ्नुहॊस »सन नेपाल लाइफ इन्स्योरेन्सको सााधारण सभा सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक सााधारण सभा सम्पन्न भएको छ । सभा जेठ ९ गते बुधवार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौंमा सम्पन्न भएको हो । उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० (एनएफआरएस बमोजिम) को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु …
पुरा पढ्नुहॊस »भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रालि र प्रभु बैंकबीचविशेष छुट सम्झौता
काठमाडौं । भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रालि र प्रभु बैंकबीचविशेष छुट सम्झौता भएको छ। प्रभु बैंक लिमिटेडका ग्राहकतथाकर्मचारीहरुलाई बिराटनगर – ७,मोरङ्गस्थित भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रालि (बीईजीसीएल)ले अन्तरङ्ग तथाबहिरङ्ग सेवामाओपिडि सर्जरी, शल्यक्रिया, पावरचस्मा, औषधीखर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो। एक समारोहकाबिच भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टरप्रालिका संचालन निर्देशक भास्करकुमार झा र प्रभु बैंकका कोशी प्रदेशका प्रमुख ब्यापार केन्द्र अधिकृत बद्रिकुमार कटवालले …
पुरा पढ्नुहॊस »डा. नूतन शर्माले छाडिन् नर्भिक, ‘बी एण्ड बी’मा अत्याधुनिक आईभिएफ चलाउने
काठमाडौं । देशकै चर्चित बाँझोपन विज्ञ, टेस्टट्यूब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्माले बी एण्ड बी हस्पिटल प्रालिमा पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने भएकी छिन् । हालै मात्र थापाथलीस्थित नर्भिक अस्पतालसँगको सहकार्य तोडेकी डा. शर्माले केही विश्वस्तरीय सेवा तथा प्रविधिलाई समेत भित्र्याएर बि एण्ड बी अस्पतालमा आगामी आइतबारदेखि पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने तयारी गरेकी हुन् । डा. शर्माले बि एण्ड बी अस्पतालमा प्रत्येक …
पुरा पढ्नुहॊस »इक्यानलाई ‘बेस्ट एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अवार्ड’
काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरु आबद्ध संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ‘बेस्ट एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अवार्ड’ प्राप्त गरेको छ । इक्यानलाई यात्रा प्लस र एक्जिटो इभेन्टले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त अवार्ड प्रदान गरेको हो । इक्यानका अध्यक्ष शेषराज भट्टराईले अवार्ड ग्रहण गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर, विशेष अतिथि रमेश कुमार सिलवाल लगायत अतिथिहरुले सम्मानित व्यक्तिहरुलाई अवार्ड प्रदान गरेका हुन् । एक्जिटो …
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकद्वारा हरियाली अभियान अन्तर्गत इलाम र महोत्तरीमा वृक्षरोपण
काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई अलग अलग जिल्लामा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । कम्पनीले इलाम जिल्लास्थित इलाम नगरपालिकाको चियाबारी–७ र पाटेनागी- १ मा करिब २५० वटा तथा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको किसन नगर-६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षरोपण गरेको हो । कम्पनीले यस्तो खालको कार्यक्रमले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पु-याउने बताएको छ । कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा …
पुरा पढ्नुहॊस »सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा युएईमा साङ्गीतिक कार्यक्रम आयोजना (फोटो फिचरसहित)
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस के–७ क्लबमा “उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग” शीर्षकमा साँगीतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए । सो अवसरमा उनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पुग्ने बताए । साथै उनले सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत विदेशमा रहेका नेपालीहरुको कमाईलाई सुरक्षित रुपमा पठाउन सहयोग गर्न पाउँदा खुशी लागेको बताए …
पुरा पढ्नुहॊस »प्रभु बैंक, होटल सरोवर र किङ्गस लाउन्ज पोखराबीच विशेष छुट सम्झौता
काठमाडौं । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडद्वारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । मिति २०८१/०२/०८ गते छुट्टाछुट्टै समारोहका बीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतीक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर …
पुरा पढ्नुहॊस »ज्योति विकास बैंकद्वारा कर्णालीका ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान
काठमाडौँ । ज्योति विकास बैंकले कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ। यस अन्तर्गत बैंकले जुम्ला, कालिकोट, मुगु र दैलेख जिल्लास्थित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरलाई उक्त उपकरण उपलब्ध गराएको छ। हाइपोथर्मियाको कारण नवजात शिशुको अकालमा मृत्यु हुन नदिन र जीवनरक्षा गर्न विभिन्न स्वास्थ्य चौकीहरूमा बैंकले उक्त मेसिन जडान …
पुरा पढ्नुहॊस »