कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत विना धितो दुई लाख रुपैयाँसम्मको कर्जा दिन सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । आफ्ना क्यूआर मर्चेन्टलाई विना झन्झट कुमारी मोबाइल बैंकिङ एप मार्फत कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यो सुविधाबाट विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीका वित्तीय कारोबार डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीका सानातिना वित्तीय आवश्यकता पूरा …
पुरा पढ्नुहॊस »बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाल बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ३ सय रुपैयाले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, आज तेजावी सुन पनि ३ सय रुपैयाँले नै बढेको छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल …
पुरा पढ्नुहॊस »विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०४ पैसा र बिक्री दर १६९ रुपैयाँ ८० पैसा रहेको छ …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउनेछन् । यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म संचालनमा रहने छ । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा रु.५०० सम्म र क्रेडिट …
पुरा पढ्नुहॊस »पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने
काठमाडौँ । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रूपमा भण्डारण गर्ने सेवा सुरु भएको छ । पर्साका बिरुवागुठीमा नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले यो सेवा सुरु गरेको हो । यस विषयमा जानकारी दिन कम्पनीले शुक्रबार वीरगन्जमा कर्पोरेट मिट आयोजना गरेको थियो । कार्यक्रममा कम्पनी अध्यक्ष आनन्द बगरियाले पर्सासहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा कम्पनीले अन्न भण्डारण गृह निर्माण गरिसकेको जानकारी दिए । यी तीनवटा भण्डारण गृहको कुल क्षमता ५५ हजार मेट्रिक …
पुरा पढ्नुहॊस »फार्म हाउस होटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
पोखरा । मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहक लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । फार्म हाउस होटेलतर्फबाट प्रोप्राइटर समराज गुरुङ, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म …
पुरा पढ्नुहॊस »लक्ष्मी सनराइज बैंकद्वारा कपनमा सेवा विस्तार
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले काठमाडौँको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । बुढानीलकण्ठ नगरपालिका-१०, कपनमा रहेका २ शाखामध्ये रुद्रमति चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साबिकको रुद्रमति चोकको शाखाका ग्राहकहरूले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । साथै, बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साबिक सनराइज बैंकको शाखा रहेको …
पुरा पढ्नुहॊस »साताको पहिलो दिन कति छ सुनचाँदीको मूल्य ?
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोहि मूल्यमा कारोबर भइरहेको छ । तेजावी सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ । यो दिन चाँदीको भाउ पनि स्थिर नै रहेको छ । चाँदी तोलामा १ हजार ८ सय ५५ …
पुरा पढ्नुहॊस »यी ३० बने एयरहोस्टेज, १५ जनाको नाम वैकल्पिकमा (नामसहित)
काठमाडौं । नेपाल वायुसेवा निगमले एयरहोस्टेज (विमान परिचारिका)को अन्तिम नतिजा सार्वजनिक गरेको छ । निगमका अनुसार निगमले मागेको विमान परिचारिका पदका लागि ३० जना उत्तीर्ण भएका छन् । अन्तर्वार्तामा सहभागी भएका ६६ जनामध्ये ३० जना छनोट भएको र १५ जना वैकल्पिकमा छनोट भएको जनाइएको छ । नतिजा :-
पुरा पढ्नुहॊस »राष्ट्रिय बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गरेका छन् । यसअघि प्रमुख कार्यकारी अधिकृत खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (२) तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम (३) को व्यवस्थाबमोजिम खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा …
पुरा पढ्नुहॊस »