सन नेपाल लाइफ इन्स्योरेन्सको सााधारण सभा सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक सााधारण सभा सम्पन्न भएको छ । सभा जेठ ९ गते बुधवार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० (एनएफआरएस बमोजिम) को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु सहितको वित्तिय विवरण पारित भएको छ ।

सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७९/८० को वित्तिय विवरणहरु सहितको एकीकृत वित्तिय विवरण, आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रकम ३ अर्ब २० करोडको २३.८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख बराबरको बोनस सेयर र १.२५२६ प्रतिशतले हुन आउने रकम चार करोड ८४ हजार २१० रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

त्यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न १ (एक) जना सञ्चालक स्नेहा शर्माको निर्वाचन र कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्तावहरु पारित भएको छ ।

बोनस सेयर जारी गरेपछि चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख कायम हुने र नेपाल बीमा प्राधिकरण तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्तापुँजीका लागि नपुग पुँजी कायम गर्न उक्त पुँजीको २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । सभाले बोनस सेयर वितरण र हकप्रद सेयर निष्कासनपश्चात अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गरेको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाइफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले बुढानीलकण्ठ काठमाण्डौको होटल लेमन ट्रि प्रिमियरमा प्रमुख कार्यकारी …

प्रतिकृया दिनुहॊस