सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा युएईमा साङ्गीतिक कार्यक्रम आयोजना (फोटो फिचरसहित)

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस के–७ क्लबमा “उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग” शीर्षकमा साँगीतिक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए । सो अवसरमा उनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पुग्ने बताए ।

साथै उनले सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत विदेशमा रहेका नेपालीहरुको कमाईलाई सुरक्षित रुपमा पठाउन सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपालीहरूको मनोरञ्जनका लागि यस्ता कार्यक्रम आयोजना गर्दा थप सन्तुष्टि मिलेको पनि पनि बताए ।

कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरुले आफ्ना प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको प्रस्तुतीलाई दर्शकले निकै रुचाएका थिए ।

यस्तै, कार्यक्रममा आधुनिक गायिका मिलन नेवार,लोक दोहोरी गायक खेम सन्चुरी र गायिका शान्ती श्री परियारले गीतमार्फत् उत्कृष्ट प्रस्तुति दिएका थिए भने कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिएकी थिइन् ।

हाल कम्पनीले दिंदै आएको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरुले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो रकम पठाइरहेका छन् । आफ्नो ग्राहक तथा युएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ ।

कम्पनीले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै कम्पनीले सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा पनि सुचारु गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रहेनन् लोक गायक एलपी जोशी

काठमाडौं । नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ …

प्रतिकृया दिनुहॊस