रेमिट्यान्स

जापान र अमेरिकालाई ध्वस्त पार्ने उत्तर कोरियाको चेतावनी

आफ्नो आणविक परिक्षणको सम्बन्धमा संयुक्त राष्ट्र सुरक्षा परिषदले प्रतिबन्ध लगाउने निर्णयको समर्थन गरेको भन्दै उत्तर कोरियाले आणविक हतियार प्रयोग गरेर जापान र अमेरिकालाई ध्वस्त वार्ने चेतावनी दिएको छ ।  सुरक्षा परिषदका १५ सदस्यले उत्तरको टेक्सटाइल निर्यात तथा उर्जा आयातमा प्रतिबन्ध लगाउने निर्णपछि उत्तर  कोरियाको यस्तो प्रतिक्रिया आएको हो ।

पुरा पढ्नुहॊस »

गोर्खाल्यान्ड आन्दोलनको वार्ता आज

गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार वार्ता हुँदैछ । मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडीको उत्तरकन्यामा वार्ता हुन लागेको हो । वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडी आइपुगेकी छन् । दुई साताअघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) बीच अन्तरकलह सुरु भएको थियो । बन्द जारी राख्ने वा खुलाउने भन्नेमा गोजमुमो अध्यक्ष विमल गुरुङ पक्ष र सहसचिव विनय तामाङबीच मतभेद भएको हो । …

पुरा पढ्नुहॊस »

उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको घोषणा

काठमाडौं । उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको घोषणा गरेको छ ।उत्तर कोरियाले आइतबार परीक्षण गरेको बम जापानको नागासाकी शहरमा सन् १९४५ मा खसालिएको बमभन्दा ४/५ गुणा शक्तिशाली छ ।आइतबार गरिएको परीक्षणा गत वर्ष गरिएको पाँचौ परीक्षणभन्दा निकै शक्तिशाली छ । उत्तर कोरियाको  दाबी छ कि यो हाइड्रोजन बमलाई मिसाइलमा लोड गर्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

बार्सिलोनामा आतंककारी आक्रमणमा १३ को मृत्यु

बार्सिलोनाको एउटा पर्यटकीय क्षेत्रमा बाटोमा हिंडीरहेका मानिसहरुमाथि एउटा भ्यान लगेर जोताइँदा कम्तीमा १३ जनाको ज्यान गएको छ। प्रहरीले झण्डै ५० जना अन्य घाइते भएको जनाएका छन्।प्रहरीले बिहीबार अपरान्ह गरिएको सो हमलाको सिलसिलामा एकजनालाई पक्राउ गरिएको बताएका छन्। शरीरभरी विष्फोटक पदार्थ बोकेर भीडमा हमला गर्न हिँडेका ४ जना आतंककारीलाई प्रहरीले गोली हानेर मारेको छ। सात जना सर्वसाधारण र एकजना प्रहरी घाइते भएका छन्।

पुरा पढ्नुहॊस »

उत्तर कोरियाले अमेरिकी सेनाको अखडामा कुनै पनि वेला आक्रमण गर्न सक्ने

उत्तर कोरियाले पश्चिम प्रशान्त क्षेत्रको गुआमस्थित अमेरिकी रणनीतिक सैन्य आधार वरपर ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्न योजना गरिरहेको दाबी गरेको छ । अमेरिकी रणनीतिक बमविमानहरू राखिएको अखडा रहेको गुआम वरपर मझौला र लामो दूरीको रकेट प्रहार गर्ने योजना भइरहेको उत्तर कोरियाले जनाएको हो । उत्तर कोरियाली नेता किम जोङ उनले आदेश दिनेवित्तिकै कुनै पनि वेला अमेरिकी सैन्य आधारमा हमला हुने उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ । उत्तरले अमेरिकी सैनिक …

पुरा पढ्नुहॊस »

मेलेसियामा अवैध बस्ने विदेशीलाई देश निकाला गर्ने अभियान आजबाट सुरु

मेलेसियाले  मेलेसियामा अवैध बस्ने विदेशीलाई देश निकाला गर्ने अभियान आजबाट सुरु  गरेको छ । यो अभियानको मुख्य उद्देश्य भनेको वैधानिक कागजात बिना मलेशिया बसिरहेका विदेशीहरु पक्राउ गर्ने रहेको छ । यसले मलेसियामा अवैध रुपमा बसिरहेका नेपाली कामदारलाई पनि प्रभावित पार्ने छ ।

पुरा पढ्नुहॊस »

कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने

कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने तयारी गरेको छ । कतारको मन्त्रिपरिषदले विदेशीलाई स्थायी बसोबासको अनुमति दिने योजनाको मस्यौदालाई पारित गरेको छ । यद्यपि स्थायी बसोबासका लागि केही सर्त भने राखिएका छन् । मस्यौदाअनुसार कतारी महिलासँग विवाह गर्ने विदेशी नागरिकको बच्चा तथा राम्रो काम गर्ने प्रवासीले स्थायी रुपमा बसोबास पाउने छन् । यो नयाँ कानुनअनुसार योग्य ठहरिएका प्रवासीलाई कतारको आन्तरिक मामिला मन्त्रीले स्थायी निवासका लागि अनुमति प्रदान गर्ने छन् । एजेन्सी

पुरा पढ्नुहॊस »

गोर्खाल्याण्ड आन्दोलन: ‘गर या मर’को मोडमा

इलामः भारतको पश्चिम बंगाल सरकार अन्तर्गतको दार्जिलिङ, मिरीक, खर्साङ र कोलेबुङ सहितको क्षेत्रमा जारी आमहड्तालले शनिबार ३७ दिन पुरा गरेको छ।भोकमरीले वागननदेखि सडकसम्म राज गरी सक्यो तर त्यहाँ उठेको बेग्लै गोर्खाल्याण्डको मागलाई सरकारले सुनेजस्तो समेत गरेको छैन। पछिल्लो पटक बंगालकी मुख्य मन्त्री ममता व्यनर्जीले ‘पहाडमा जसरी पनि शान्ति ल्याउने’ बताएपछि गोर्खा जनमुक्ति मोर्चाको नेत्री निरा शर्मा बंगाल सरकार पहाडको आन्दोलनलाई थप दवाउने मुडमा रहेको बताउनु हुन्छ। लामो समयदेखि पानी बाराबारको अवस्थामा …

पुरा पढ्नुहॊस »

दक्षिण कोरियाको न्यूनतम तलब १६.४ प्रतिशतले बृद्धि

काठमाडौं ।  दक्षिण कोरियामा आगामी वर्ष २०१८ को न्यूनतम तलब प्रतिघन्टा ६.६४ डलर निर्धारण गर्ने भएको छ । गत वर्षको भन्दा १६.४ प्रतिशतले बढी  भएको हो । यसबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरु समेत लाभान्वित हुनेछन् ।  अब २०१८ जनवरीदेखि दिनको ८ घन्टा काम गरे महिनामा १५ लाख ७३ हजार ७७० वन तलब पाइनेछ ।  

पुरा पढ्नुहॊस »

गाेर्खाल्याण्ड अान्दाेलन उग्र

काठमाडाैं  ।भारतको दार्जीलिङमा आन्दोलनकारीले आन्दोलनकारीहरुले पश्चिम बंगालको महत्वपूर्ण विद्युत आपूर्ति बन्द गरिदिएका छन् । आन्दोलनकारीहरुले मङपु समष्टिमा रहेको टिस्टा जलविद्युत परियोजना ३ मा तालाबन्दी गरेर बुधबारदेखि विद्युत आपूर्ति बन्द गरिदिएका छन्।टिस्टा ३ जलविद्युत परियोजनाबाट १३२ मेघावाट विद्युत उत्पादन हुँदै आएको छ । आन्दोलनकारीहरुले गोर्खाल्याण्ड प्राप्त नभएसम्म विद्युत गृह सञ्चालनमा आउन नदिने बताएका छन् ।

पुरा पढ्नुहॊस »