रेमिट्यान्स

श्रीलकाली राष्ट्रपतिद्वारा प्रहरी र सेनाको नेतृत्वलाई राजीनामा दिन आदेश

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका छन् । देशका विभिन्न ठाउँमा भएको विस्फोटमा परी सयौँको मृत्यु भएपछि त्यसको जिम्मेवारी लिँदै राजीनामा दिन उनले प्रहरी प्रमुख पुजिथ जयसुन्दर र रक्षा सचिव हेमासिरि फेर्नान्डोलाई आदेश दिएका हुन् । राष्ट्रपति सिरिसेनाले घटना लगत्तै केही दिन अगाडि नै एउटा बैठकमा उनीहरुलाई राजीनामा दिन आदेश दिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । राष्ट्रपति सिरिसेनाले मंगलबार …

पुरा पढ्नुहॊस »

भारतसहितका मुलुकलाई दिइएको ‘अमेरिकी छुट’ समाप्त, इरानसँग तेल खरिद गर्न रोक

वासिंटन । अमेरिकाले इरानसँग तेल खरिद गर्नका लागि भारतसहितका मुलुकलाई दिँदै आएको छुट अन्त्य गर्ने निर्णय गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तेल खरिद गर्दै आइरहेका मुलुकलाई अब उक्त सुविधा नथप्ने निर्णय गरेका हुन् । ह्वाइट हाउसका अनुसार भारत, चीन, जापान, दक्षिण कोरिया र टर्कीलाई पनि अब अन्य मुलुकसरह इरानसँग तेल खरिद गर्न रोक लगाइएको हो । अमेरिकाले इरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध प्रभावकारी तुल्याउनका साथै इरानको निर्यात दर …

पुरा पढ्नुहॊस »

सुडानलाई तीन अर्ब डलर दिने युएईको घोषणा

काठमाडाैँ । साउदी अरब तथा संयुक्त अरब इमिरेट्स युएई ले सुडानमा आएको नयाँ राजनीतिक परिवर्तनपछि अर्थिक सुधारका लागि नयाँ नेतृत्वलाई तीन अर्ब अमेरिकी डलरको सहयोगको घोषणा गरेका छन्। लामो समयसम्म सुडानको नेतृत्वमा रहेका नेता ओमार अल–बसिरलाई जनतालाई सुशासनको प्रत्याभुत गराउन नसकेको, भ्रष्टाचार तथा महङ्गी नियन्त्रण गर्न नसकेको भन्दै लामो समय राजनीतिक आन्दोलन चलेपछि सेनाले पदच्युत गरेको थियो। तेलका लागि धनी मानिने दुई खाडीमुलकहरू साउदी अरब र युएईले सहयोगस्वरूप ५० करोड …

पुरा पढ्नुहॊस »

श्रीलंका बम विस्फोट : कम्तीमा २५ जनाको मृत्यु, २०० जना घाइते

काठमाडाैँ । श्रीलंकामा चर्च र होटलमा आक्रमण भएको छ । ‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो । अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसी सिंहला सेवाका संवाददाता अज्जाम अमीनका अनुसार, यी धमाकामा कम्तीमा २५ जनाले ज्यान गुमाएका छन् भने २ सय बढी घाइते भएका छन् । घाइतेहरुलाई राजधानी कोलम्बोको विभिन्न अस्पाताल लगिएको छ । कोलम्बोको सेन्ट एन्टोनियो चर्चमा बम विस्फोट भएको हो । इस्टरको प्रार्थनाका लागि …

पुरा पढ्नुहॊस »

लिबियामा हिंसा, २०५ जनाको मृत्यु, एक हजार घाइते

काठमाडाैँ । लिबियाको राजधानी त्रिपोलीमा चर्किएको हिंसामा २०५ जनाको मृत्यु भएको छ। लिबियाली सेना र विद्रोही सेना लिबियन नेसनल आर्मीबीच जारी संघर्षमा ठूलो संख्यामा मानिसको ज्यान गएको हो।  विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले  ट्वीट गर्दै यसबारे जानकारी गराएको छ। डब्ल्युएचओका अनुसार त्रिपोली कब्जा गर्न सरकारी सेना र विद्रोही सेनाबीच दुई हप्तादेखि संघर्ष जारी छ। दुई पक्षबीचको संघर्षका क्रममा हालसम्म करिब एक हजार मानिस घाइते भएका छन्। लिबियाली शासक मुअम्मर गद्दाफीको मृत्यु …

पुरा पढ्नुहॊस »

जेट एयरवेजका सबै उडान बन्द

काठमाडाैँ । भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगन गरेको छ । इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो । जेट एयरवेजले उडान स्थगन गर्नुको विकल्प नभएको जनाएको छ । कम्पनीले चाँडै उडान शुरु गर्ने आशा पनि व्यक्त गरेको छ । कम्पनीमाथि एक अर्ब २० करोड ऋणको बोझ छ र हप्तौंदेखि ऋणदाताको खोजीमा …

पुरा पढ्नुहॊस »

पोर्चुगलमा जर्मन पर्यटक सवार बस दुर्घटना, २८ को मृत्यु, २८ घाइते

काठमाडाैँ । पोर्चुगलको मडिरा टापुमा बस दुर्घटना हुँदा २८ पर्यटकको मृत्यु भएको छ। मडिरा टापुको कनिसो नगरमा ५५ यात्रु सवार बस दुर्घटना हुँदा २८ जनाको ज्यान गएको र अन्य २८ जना घाइते भएको पोर्चुगलका सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जना पुरुष छन्। चालकले नियन्त्रण गुमाउँदा बस  दुर्घटना भएको हो। दुर्घटनाबारे अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्। त्यस्तै पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले जर्मन चान्सलर एंगेला मर्केललाई समवेदना …

पुरा पढ्नुहॊस »

पेरिसस्थित ऐतिहासिक गिर्जाघरमा आगलागी

पेरिस । फ्रान्सको राजधानी पेरिसमा रहेको ऐतिहासिक महत्वको नोट्रे डाम क्याथेड्रल (गिर्जाघर) मा भिषण आगलागी भएको छ । सोमबार (नेपाली समयअनुसार गएराति) भएको सो आगलागीबाट छानो खसेको छ । तर, भवनको मुख्य संरचना र दुईवटा बेल टावर भने जोगिएको अधिकारीहरुले बताएका छन् । सो भवन ८५० वर्ष पुरानो हो । जुन निकै नै कलात्मक मानिन्थ्यो । राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई ‘डरलाग्दो दुःख’ भनेका छन् । आगलागीको कारण नखुलेपनि त्यसको पुनःसंरचनाको …

पुरा पढ्नुहॊस »

सुडानमा सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै, सरकारका सदस्यहरु पक्राउ

काठमाडौं । सुडानको अन्तरिम सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको छ । सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको हो । सेनाले विपक्षीहरुको सहमतिबाट मात्रै नयाँ प्रधानमन्त्री चयन गर्नेसमेत स्पष्ट पारेको छ । लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल–बसिरलाई पक्राउ गरेर सेनाले गत बिहीबारदेखि मुलुकमा सैन्य शासन लागू गरेको थियो । सेनाको कदमप्रति असन्तुष्टि जनाउँदै सुडानमा अहिले पनि प्रदर्शनहरु भइरहेका छन् । …

पुरा पढ्नुहॊस »

सुडानमा राष्ट्रपतिलाई पक्राउ गरी सैन्य शासन लागू गरिएको विरोधमा प्रदर्शन

सुडान । तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरी सैन्य शासन लागू गरिएको विरोधमा सुडानमा हजारौंले प्रदर्शन गरेका छन् । सेनाले शक्ति हातमा लिँदै राष्ट्रपति बसिरलाई पक्राउ गरेपछि हजारौं सुडानी प्रदर्शनमा उत्रिएका हुन् । राष्ट्रपति ओमरको विरोधमा महिनौंदेखि प्रदर्शन गर्दै आएकाहरुले सैन्य शासन पनि ओमरको शासनभन्दा फरक नहुने भन्दै प्रदर्शन गरेका हुन् । हजारौं प्रदर्शनकारीले राजधानी खार्तुमसहितका ठाउँमा प्रदर्शन गरेका हुन् । नयाँ सैन्य काउन्सिलले लगाएको कर्फ्यु …

पुरा पढ्नुहॊस »