रेमिट्यान्स

कोरियाको एक अस्पतालमा भीषण आगलागी, ४१ जनाको मृत्यु

कोरिया । दक्षिण कोरियाको ख्याङ्साङको मिर्याङस्थित सेजङ अस्पतालमा भीषण आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी घाइते भएका छन् । आगलागी अस्पतालको पहिलो तलामा रहेको आकस्मिक कक्षबाट सुरु भएको बताइएको छ । आगलागी शुक्रबार बिहान साढे सात बजे लागेको र दमकलको साहयताले अग्निनियन्त्रकले ३ घण्टा पछि नियन्त्रणमा लिन सफल भएको कोरियन सञ्चार माध्यमले जनाएका छन् । सो अस्पतालमा जटिल रोगबाट पीडित बिरामी उपचारत रहेको र आगलागीबाट भाग्न …

पुरा पढ्नुहॊस »

किम जोङलाई ट्रम्पको जवाफ, मसँग अझ ठूलो परमाणु स्वीच छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रामक भाषामा उत्तर कोरियाली नेता किम जोङलाई जवाफ दिएका छन् ।राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘किम जोङलाई कसैले भनोस् कि एक परमाणु स्वीच मसँग पनि छ  र मेरोले काम पनि गर्छ ।’ यसअघि नयाँ वर्षको अवसरमा गरेको सम्बोधनमा किमले अमेरिकालाई चेतावनी दिँदै परमाणु बम लञ्च गर्ने स्वीच आफ्नो डेस्कमा नै हुने बताएका थिए ।

पुरा पढ्नुहॊस »

अमेरिकालाई किम जोङ उनको धम्कीः परमाणु बमको स्वीच मेरो डेस्कमा छ

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले अमकेरिकालाई चेतावनी दिँदै भनेका छन् कि न्यूक्लियर (परमाणु) बम लञ्च गर्ने स्वीच उनको डेस्कमा रहनेछ । टीभीमा नयाँ वर्षको भाषणमा किम जोङ उनले पुरा अमेरिका उत्तर कोरियाको परमाणु हतियारको दायरामा रहेको बताए । उनले भने, ‘यो धम्की होइन, वास्तविकता हो ।’   छिमेकी देश दक्षिण कोरियाप्रति भने नरम देखिएका छन् र सम्वादका लागि खुला रहेको संकेत दिएका छन् । उनले भने, ‘सोल …

पुरा पढ्नुहॊस »

दक्षिण कोरियामा आगलागी हुँदा, २९को मृत्यु

दक्षिण कोरियाको मुख्य सहर मध्येमा पर्ने जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा  २९ जनाको मृत्यु भएको छ । राजधानी सोलदेखि झण्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो । आगलागी भएको भवनमा ब्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् । मृत्यु भएकामध्ये सवै जना भवनको दोस्रो तलामा रहेकोे अधिकारीहरुले बताएका छन् । उनीहरु सवै …

पुरा पढ्नुहॊस »

राष्ट्रपति ट्रम्पले भने,रद्दीको टोकरीमा फालिएकाहरु डीभी परेर अमेरिका आए

एजेन्सी । सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने, ‘तपाईंलाई लाग्छ, डीभी परेर आएका मानिसहरु ती देशका उत्तम मानिसहरु हुन् ? होइन, उनीहरुले रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका आएका छन् ।’ त्यसोत ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरु खराबभन्दा खराब मानिसहरु रहेको र उनीहरु रद्दीको टोकरीबाट निकालिएका मान्छे भएको बताएका हुन् । पछिल्लो समय न्यूयोर्कमा आतंकवादी आक्रमणमा …

पुरा पढ्नुहॊस »

आँधी र भीषण बर्षाबाट भारतमा आठको मृत्यु

नयाँ दिल्ली। भारतको दक्षिणी भूभाग तामिल नाडू र केरला प्रान्तमा आएको भीषण आँधी र बर्षाबाट आठको  ज्यान गएको बताइएको छ । सो आँधीका कारण  १०० भन्दा बढी नागरिक हराएर बेपत्ता भएका छन्।बिहीबार रातिदेखि नै  हावाहुरी  र भीषण बर्षा आएको  थियो । तामिन नाडू, केरला र दक्षिणी भारतको लक्षदीप भन्ने स्थानमा सो  आँधीले ठूलो असर गरेको छ । संरचना एवम् प्राकृतिक स्रोत सम्पदामा पनि    सो आँधीको ठूलो प्रभाव परेको बताइएको छ । सामुद्रिक किनाराका बस्तीहरुमा यसको झन …

पुरा पढ्नुहॊस »

हेलिकोप्टर दुर्घटनामा राजकुमारको मृत्यु

काठमाडौं । साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उनको निधन भएको हो । दुर्घटनाको कारण भने नखुलेको बताइएको छ । दुर्घटनामा निधन भएका राजकुमार मन्सुर पूर्व युवराज मुक्रिन बिन अब्दुल अजिजका छोरा हुन् ।

पुरा पढ्नुहॊस »

डीभी चिठ्ठा खारेज गर्ने डोनाल्ड ट्रम्पको प्रस्ताव

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी चिठ्ठाको कार्यक्रम रद्ध गर्ने प्रस्ताव गरेका छन् ।  ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद बैठकमा ट्रम्पले यस्तो प्रस्ताव गरेका हुन् । न्यूयोर्कमा भएको आक्रमणमा डीभी चिठ्ठामार्फत् नै अमेरिका बस्दै आएको व्यक्तिको संलग्नता भएको पुष्टि भएपछि राष्ट्रपति ट्रम्पले डीभी चिठ्टा तत्काल खारेज गर्ने निष्कर्षमा पुगेका हुन् । डीभी चिठ्ठामार्फत् अमेरिकाले बिभिन्न देशका ५० हजार नागरिकलाई स्थायी  आवास अनुमति दिन्छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै आतंकवादी संगठनसँग जोडिएका …

पुरा पढ्नुहॊस »

मेक्सीकोको कारागारमा कैदीहरूबीच झडप, १३ को मृत्यु

काठमाडौं । मेक्सिकोकोको एक कारागारका कैदीहरु बीचको विवादले झडपको रुप लिँदा १३ को मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । नुएभो लेओन राज्यमा रहेको काडेरेता कारागारमा दुई समूह बीच झडप हुँदा यति ठूलो मानवीय क्षति हुन पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।   काडेरेता कारागारमा यसअघि पनि पटक–पटक यस्तै आन्तरिक झगडा र झडप भएको थियो । त्यसक्रममा दर्जनौँको मृत्यु भइसकेको छ । नुएभो लेओन राज्यका सुरक्षा प्रवक्ता …

पुरा पढ्नुहॊस »

अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार:उत्तर कोरिया

मिसाइल परिक्षणपछि  युरोपमा उत्तर कोरियाका सांस्कृतिक सम्बन्धका विशेष प्रतिनिधी एलेग्जेन्ड्रा काओ डि बेनोले हमलाको प्रकृति हेरेर उत्तर कोरिया अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार भएको बताएका छन् । उत्तर कोरिया आजको मितिसम्म अमेरिकाको कुनै पनि शहरलाई निशाना बनाउन सक्षम भएको भन्दै चेतावनी दिएका छन् ।एलेग्जेन्ड्रो काओ डि बेनो किम जोंगका सबैभन्दा नजिकका व्यक्तिमध्येका एक मानिन्छन् । परमाणु परिक्षणपछि दुई हप्ताभन्दा कम समयमा उत्तर कोरियाले जापानको तर्फबाट अर्को एक मिसाइल प्रक्षेपण गरेको …

पुरा पढ्नुहॊस »