रेमिट्यान्स

‘उत्तर कोरियासँग २० देखि ६० वटासम्म आणविक हतियार’

काठमाडाैं । दक्षिण कोरियाका एक उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताएका छन् । उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला संसद्समक्ष ती अधिकारीले उक्त जानकारी दिएका हुन् । कोरिया एकीकरणमन्त्री चो म्योङ–ग्योनले सोमबार संसद्मा सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटासम्म आणविक बम रहेको दाबी गरे । उनले सांसदले उठाएको प्रश्नको जवाफ दिँदै थिए । उनले यस सम्बन्धी जानकारी गुप्तचर निकायबाट प्राप्त भएको …

पुरा पढ्नुहॊस »

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

काठमाडाैं । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार लेजर फिजिक्समा काम गर्ने तीनजना वैज्ञानिकहरूलाई दिने घोषणा गरिएको छ । उक्त पुरस्कार अमेरिकी नागरिक अर्थर अस्किन तथा फ्रान्सेली ग्रेरार्ड माउरोउ र क्यानेडेली डोन्ना स्ट्रिकल्यान्डलाई प्रदान गरिने भएको हाे । पुरस्कारको राशि अस्किनले आधा र माउरोउ र स्ट्रिकल्यान्डले बाँकी रहेका भाग प्राप्त गर्ने छन् । क्यानेडेली स्ट्रिकल्यान्ड भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गर्ने तेस्री महिला हुन । सन् १९०१ देखि नै भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गर्दै …

पुरा पढ्नुहॊस »

भेनेजुयलामा २० लाख मानिस विस्थापित, दैनिक पाँच हजारले छाड्छन् देश

काठमाडाैं । भेनेजुयलामा सन् २०१५ देखि सुरु भएको आर्थिक तथा राजनीतिक सङ्कटका कारण अहिलेसम्म झण्डै २० लाख नागरिक विस्थापित भएका छन् ।  संयुक्त राष्ट्रसंघीय निकायले सोमबार दिएको जानकारी अनुसार हरेक दिन पाँच हजार जनाले भेनेजुयला छाड्ने गरेका छन् । ‘मुलुक छाड्नेमध्ये सवैभन्दा धेरै ल्याटिन अमेरिकामा जाने गरेको पछिल्लो विवरणले देखाएको छ’, राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर)का प्रमुख फिलिप्पो ग्रान्टीले भने ‘विस्थापित हुनेहरु बढ्दै गइरहेकाले उनीहरुलाई गैरराजनीतिक मानवीय पहुँच बढाउनका लागि भर्खरै …

पुरा पढ्नुहॊस »

चुनावमा चीनले हस्तक्षेप गर्न खोजेको छ : ट्रम्प

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले अमेरिकाको  मध्यावधि चुनावलाई प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पले आफुले चीनको व्यापारिक मुद्धामा चुनौती दिएको भन्दै उसले आफ्नो जीत नचाहेको पनि उनकाे भनाइ छ । परमाणु, रासायनिक र जैविक हतियारमा रोक लगाउने विषयमा सुरक्षा परिषदको बैठकमा राष्ट्रपति ट्रम्ले यस्तो आरोप लगाएका हुन् ।  ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेसँगै अमेरिका र चीनबीच व्यापार शुल्कलाई लिएर विवाद चल्दै आएको छ । चिनियाँ विदेशमन्त्री वागं …

पुरा पढ्नुहॊस »

चीनद्वारा अमेरिकासँगको सैन्य अभ्यास रद्द

काठमाडाैं । अमेरिका र चीनबीच ब्यापार युद्धलाई लिएर दुई देशको सम्बन्ध तनावपुर्ण बनेको छ । ट्रम्प प्रशासनद्वारा लगाइएको पछिल्लो २ खर्ब डलरको चिनियाँ सामान माथिको अतिरिक्त शुल्क सोमबारबाट लागु भएको छ । एक अर्काको उत्पादनमाथि कर लगाएपछि चीनले अमेरिकी राजदुतलाई गत हप्ता बोलाएर यस विषयमा छलफल गरेका थिए । त्यहीबेला चीनले अमेरिकासँग हुने भनिएका सैन्य अभ्यास पनि रद्द गरेको छ । चीनको विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उक्त जानकारी उल्लेख गरिएको …

पुरा पढ्नुहॊस »

माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति चुनावमा आफ्नो जित भएको दाबी गरेका छन् । स्थानीय सञ्चारमाध्यमहरुले पनि वर्तमान राष्ट्रपति अब्दुला यामिनमाथि विपक्षी नेता सोलिहले धेरै मतान्तर बनाएको जनाएका छन् । माल्दिभ्स इन्डिपेन्डेन्ट वेबसाइटका अनुसार कूल ४७२ मतपेटिकामध्ये ४३७ मतपेटिकाको मत गणना हुँदा विपक्षी नेता सोलिह धेरै मतले अगाडि रहेको जनाएको छ । तर त्यहाँको निर्वाचन आयोगले भने अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन । सुरुआती नतिजा आउन थालेपछि …

पुरा पढ्नुहॊस »

अाँधीको कारण फिलिपिन्समा मृत्यु हुनेको संख्या ६४ पुग्यो

एजेन्सी । फिलिपिन्समा म्याङ्कुट आँधीकै कारण मृत्यु हुनेको संख्या ६४ पुग्यो छ। फिलिपिन्सको उत्तरमा आपतकालका लागि खटिएको टोलीले आँधीले निम्त्याएको पहिरोमा फसिरहेका मानिसहरूको उद्धार गरिरहेको छ। त्यहाँ खानीमा काम गर्ने दर्जनौँको मृत्यु भएको छ। सन् २०१८ को सबैभन्दा शक्तिशाली मानिएको आँधी म्याङ्कुट पश्चिमतिर अघि बढ्नुभन्दा पहिला शनिबार फिलिपिन्सको मुख्य द्वीप लुजोन हुँदै आएको थियो।

पुरा पढ्नुहॊस »

अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री बने स्कट मरिसन

सिड्नी ।अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उनले पदभार ग्रहण गर्न लागेका हुन । । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई  उनकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् । अस्ट्रेलियाको राजधानी सहर क्यानबेरामा भएको पार्टी संसदीय दलको निर्वाचनमा अर्थमन्त्रीको भूमिकामा रहनुभएका मरिसनले टर्नबुललाई ४५–४० मतान्तरले पराजित गरेका थिए ।यस चुनावमा टर्नबुलका सहयोगी विदेश मन्त्री जुली बिशप पनि चुनावी मैदानमा थिए तर उनि पहिलो चरणमै पराजित …

पुरा पढ्नुहॊस »

फिजीको टोङ्गा टापुमा ८.२ म्याग्निच्यूडको भूकम्प

एजेन्सी । फिजीको टोङ्गा टापु क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । नेपाली समयानुसार बिहान ६ बजेर २२ मिनेटमा ८.२ म्याग्निच्यूडको भूकम्प गएको हो । क्षतिको विवरण आउन बाँकी ।

पुरा पढ्नुहॊस »

इटलीमा पुल भत्कियो

इटली।  इटलीको उत्तर पश्चिममा रहेको जेनोआ शहरमा एउटा प्रमुख राजमार्गमा रहेको एक पुल भत्किंदा कम्तीमा ३५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। आँधीबेहरी आएको बेला पुल भत्के पछि तीसवटा भन्दा बढी गाडीहरु पुलसंगै भुईंमा बज्रेका थिए।   प्रत्यक्षदर्शीहरुले कैयौं मानिसहरु मोटरभित्रै चेपिइरहेको हुनसक्ने जनाएका छन्। खोजी उद्धारकर्ताहरुले मोटर तथा भग्नावशेषभित्र चेपिइरहेको हुनसक्ने ठानिएका मानिसहरुको खोजी गरिरहेका छन्। कैयौं घाइतेहरुलाई अस्पताल लगिएको छ। स्थानीय समय अनुसारबिहानको झण्डै साढे एघार बजे पुल भत्किएको …

पुरा पढ्नुहॊस »