काठमाडाैं ।भारतको दार्जीलिङमा आन्दोलनकारीले आन्दोलनकारीहरुले पश्चिम बंगालको महत्वपूर्ण विद्युत आपूर्ति बन्द गरिदिएका छन् । आन्दोलनकारीहरुले मङपु समष्टिमा रहेको टिस्टा जलविद्युत परियोजना ३ मा तालाबन्दी गरेर बुधबारदेखि विद्युत आपूर्ति बन्द गरिदिएका छन्।टिस्टा ३ जलविद्युत परियोजनाबाट १३२ मेघावाट विद्युत उत्पादन हुँदै आएको छ । आन्दोलनकारीहरुले गोर्खाल्याण्ड प्राप्त नभएसम्म विद्युत गृह सञ्चालनमा आउन नदिने बताएका छन् ।
यॊ पनि हेर्नुहॊस
रवि लामिछानेविरुद्ध थप अनुसन्धानको तयारी, अदालत उपस्थित गराइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सम्पत्ति हिनामिना, र सङ्गठित अपराधका आरोपमा अनुसन्धानका लागि थप म्याद माग गर्दै प्रहरीद्वारा उनलाई अदालत लगिएको हो । रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।
प्रतिकृया दिनुहॊस