रेमिट्यान्स

आत्मघाती आक्रमणमा ३१ मृत्यु ५४ घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आक्रमणकारीसहित ३१ सर्वसाधारण रहेका स्थानीय टेलिभिजनले आइतबार जनाएको छ । स्थानीय एक विद्यालय अगाडि रहेको मतदाता दर्ता कार्यालय लक्षित गरी डास्ती बार्चीको क्वाला ए नाजिर क्षेत्रमा विस्फोटन भएको हो । बम पड्किने बेलामा मतादाता परिचयपत्र लिनका लागि कैयौ मानिस दर्ता कार्यालय अगाडि रहेका थिए । घटनास्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको …

पुरा पढ्नुहॊस »

इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

 काठमाडौं । इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने दर्जनौं बिरामी परेका छन् । मदिरा सेवनबाट विरामी परेका केही अन्य व्यक्तिको स्वास्थ्यस्थिति अझै गम्भीर रहेकोले मृतक संख्यामा केही वृद्धि हुनसक्ने इन्डोनेसियाली स्वास्थ्य अधिकारीले बताएका छन् । विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र इन्डोनेसियाको प्रहरीले घटनापछि प्रहरीले विभिन्न शहरमा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा छापा मार्ने र यसमा सम्लग्न व्यक्तिलाई पक्राउ गर्न व्यापक खानतलासी …

पुरा पढ्नुहॊस »

सिरियाको सैन्य एयरपोर्टमा मिसाइल आक्रमण

काठमाडौं । युद्धग्रस्त सिरियाको एक सैन्य विमानस्थलमा मिसाइल आक्रमण भएको रिपोर्ट बाहिर आएको छ । सिरियाको होम्स शहरमा रहेको टी ४ एयरवेसनजिकै विस्फोटका ठूला आवाजहरु सुनिएको र त्यहाँ मिसिाइल आक्रमण भएको सिरियन टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ । स्थानीय सन्चार माध्यमहरुका अनुसार धेरै व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ ।   सिरियाको बिद्रोही नियन्त्रित क्षेत्र डौमामा भएको मिसाइल आक्रमणको विश्वमै निन्दा भइरहेका बेला केही समयअघि सक्रिय पारिएको सैन्य …

पुरा पढ्नुहॊस »

डीभी चिठ्ठा पाउनेमा नेपाल विश्वमै दोस्रो

  काठमाडौं । डीभी चिठ्ठा पाएर अमेरिकामा हालसम्म झण्डै ३५ हजार नेपाली आएको तथ्य सार्वजनिक भएको छ । सन् १९९५ देखि सन् २०१७ सम्म ३४ हजार ७ सय ४४ जना नेपालीले डीभीमार्फत अमेरिकाको आप्रवासी भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।     त्यसैगरी, सन् २०१८ सुरु भएयता १ हजार ३ सय ५९ जना नेपालीले आप्रवासी भिसा पाएका छन् । सन् २०१७ मा डीभीबाट अमेरिकाको आप्रवासी भिसा …

पुरा पढ्नुहॊस »

रुसको शपिङ सेन्टरमा आगलागी, ३७ को मृत्यु

काठमाडौं । रुसको साइबेरियास्थित एक शपिङ सेन्टरमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । केही व्यक्ति वेपत्ता छन् । एक सय जनाभन्दा बढीलार्इ उद्धार गरिएको छ । स्थानीय मिडियाका अनुसार केमेरोफोको विन्टर चेली मलको चौथो तलबाट आगलागी शुरु भएको थियो जहाँ सिनेमा घर छ । मृत्यु हुनेहरु धेरैजसो सिनेमा घरमा रहेकाहरु छन् । सिनेमाघरका दुई हलका छत आगलागीबाट खसेका छन् ।   टेलिभिजनमा देखाइएको तस्विरहरुमा शपिङ सेन्टरबाट बाक्लो …

पुरा पढ्नुहॊस »

उत्तर कोरियासँगको वार्तामा अभूतपूर्व प्रगति हुने राष्ट्रपति ट्रम्पको भनाई

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता अभूतपूर्वरुपमा सफल हुने भविश्यवाणी गरका छन् । मैले देखेको छु कि हामीले उत्तर कोरियासँग गर्न लागेको वार्ता निकै सफल हुनेछ र यसले हामीबीचका सबै कुराहरुमा पनि खुलेर कुरागर्ने अवस्था आउने छ । पेन्सिलभानियाका लागि प्रस्थान गर्नुअघि शनिबार सम्वाददाताहरुसँग संक्षिप्त कुराकानीगर्दै राष्ट्रपति ट्रम्पले यो प्रतिक्रिया दिए । उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने …

पुरा पढ्नुहॊस »

पेरुमा बस दुर्घटना, ४४ जनाको मृत्यु

एजेन्सी । पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटनाहुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । गुडिरहेको बस झण्डै २०० मिटर तल खोँचमा खसेको थियो । मङ्गलबार राती चाला सहरबाट छुटेको बस स्थानीय समय अनुसार दिउसो झण्डै बुधबार बिहानतिर दुर्घटना भएको हो । बसमा कति यात्रु  चढेका थिए भन्ने बारेमा भने यकिन हुन सकेको छैन ।  

पुरा पढ्नुहॊस »

सिरियाली सेनाको कारबाहीमा १८ सर्वसाधारणको मृत्यु

एजेन्सी । विद्रोहीहरुको कब्जामा रहेको सिरियाको पूर्वी क्षेत्रमा पर्ने घौटामा कम्तीमा १८ सर्वसाधारणको मृत्यु भएको छ । विद्रोहीलाई लक्षित गरी सेनाले गरेको गोलाबारीमा परी उनीहरूको मृत्यु भएको थियो। सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले पुर्वी गौटामा पर्ने हाम्मुरेहमा नौ जनाको मृत्यु भएको जनाएको छ । त्यसैगरी अन्य नौ जनाको पनि सोही क्षेत्रमा सरकारद्वारा गरिएको हवाई आक्रमणमा परी मृत्यु भएको छ ।

पुरा पढ्नुहॊस »

मेक्सिकोमा हेलिकोप्टर दुर्घटना, १४ को मृत्यु

काठमाडौं । मेक्सिकोमा हेलिकोप्टर दुर्घटना  भएको छ ।   मेक्सिकोको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका वरिष्ठ कर्मचारी सवार हेलिकोप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भूकम्पको इपिसेन्टर अोक्साअाका नजिकै सान्टिआगोमा अवतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको मेक्सिको न्यूज डेलीले जनाएको छ। हेलिकोप्टरमा सवार आन्तरिक मामिला मन्त्री र ओक्साआकाका गभर्नर भने सकुशल छन् । आन्तरिक मामिला मन्त्रीले हेलिकोप्टर अवतरणको क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको र ६ महिने बच्चासहित १४ जनाको …

पुरा पढ्नुहॊस »

ताइवानमा शक्तिशाली भूकम्प, भौतिक संरचनामा ठूलो क्षति, कयौं हताहत

काठमाडौं । ताइवानमा मंगलबार राति ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट हुआलिन शहरका भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । कैयौं होटलहरु ढलेका छन् । स्थानीय प्रशासनले राहत र बचाउ कार्य जारी राखेको छ ।भूकम्पमा परेर हालसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको  छ ।   स्थानीय मिडियाहरुले अग्ला होटलहरु भूकम्पको कारण ढलेका, पुलहरु भाँचिएका दृष्य प्रसारण गरेका छन् । मार्शल होटलको भुइँतलामा कयौं मानिस …

पुरा पढ्नुहॊस »