समाचार

कहाँको मौसम कस्तो ? (तीन दिनको पूर्वानुमानसहित)

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, …

पुरा पढ्नुहॊस »

तीनकुने सामूहिक हत्या : शङ्कास्पद चार जना पक्राउ

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले अहिलेसम्म चार जनालाई पक्राउ गरेको छ । शुक्रबार राति दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले अनुसन्धानका लागि चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेका २८ वर्षीय दीपेन्द्र राईले प्रहरीलाई घटनाबारे जानकारी दिएका दिए । उनी लागु औषधको दुर्व्यसनी रहेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अरू तीन जनालाई प्रहरीले पक्राउ …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्क जाँदै, उतैबाट चीन उड्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्दैछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेको हुन् । आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको कार्यसूची अनुसार महासभाको आमबहसमा ‘विश्वासको पुनर्निर्माण र विश्वव्यापी एकताको पुनर्निर्माण : २०३० एजेन्डा र यसको दिगो …

पुरा पढ्नुहॊस »

काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या

काठमाडौं । काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गएराति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार तीन जना एकै परिवारका हुन् । हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा …

पुरा पढ्नुहॊस »

तीजमा पशुपतिनाथका चार स्थानबाट दर्शनको व्यवस्था

काठमाडौँ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो । तीजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफलमा कोटेश्वर–तीन कुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर …

पुरा पढ्नुहॊस »

संविधान दिवसमा पदक नबाँड्ने सरकारको निर्णय

काठमाडौं । सरकारले हरेक वर्ष संविधान दिवसका दिन प्रदान गर्दै आएको पदक, विभूषण र अलंकार यस पटक नबाँड्ने भएको छ  । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो । मन्त्रिपरिषद्ले सरकारद्वारा संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकहरुबारे बारम्बार प्रश्न उठेपछि यस्तो निर्णय लिएको हो । यो पटकको संविधान दिवसका अवसरमा पदक नबाँड्ने निर्णय भएको जनाउँदै एक मन्त्रीले आउँदो वर्षका लागि उचित मापदण्ड तय …

पुरा पढ्नुहॊस »

एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

काठमाडौं । नेकपा (एमाले) ले संविधानसभाका अध्यक्ष स्व. सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ । विचार गोष्ठी सबै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुनेछ भने विभिन्न राजनीतिक दलका नेतालाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिने छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले …

पुरा पढ्नुहॊस »

चुनाव हार्नु र जित्नु सामान्य हो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाज रूपान्तरण गर्न र देश बनाउने अभियानलाई मजबुत बनाउन कांग्रेस एकजुट हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय सम्मेलन एवं तीज मिलन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले वडा, गाउँ, नगर, क्षेत्र आदि सशक्त भएमा देश आफैँ बन्ने र पार्टी पनि मजबुत हुने बताए । महामन्त्री शर्माले राजनीतिक उपलब्धिको स्थायित्व र समाज रूपान्तरणका लागि कांग्रेस अभियानलाई बढाउन जरुरी रहेको …

पुरा पढ्नुहॊस »

गोविन्द केसीद्वारा सत्याग्रह तीन महिनाका लागि स्थगित भएको घोषणा

काठमाडौँ । डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह तीन महिनाका लागि स्थगित गरेको घोषणा गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह तीन महिनाका लागि स्थगित गरेको जानकारी दिएका हुन् । चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्षले आफू दलीय आबद्धता र स्वार्थको द्वन्द्वबाट टाढा रहेको तथा चिकित्सा शिक्षा ऐन र नियमावलीअनुसार पदीय दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको सार्वजनिक प्रतिबद्धता गरेपछि उनले सत्याग्रह स्थगित …

पुरा पढ्नुहॊस »

उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि २७ जना सिफारिस (सूचीसहित)

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि २७ न्यायाधीश सिफारिस गरेको छ । शुक्रबारको परिषद् बैठकले उक्त निर्णय गरेको हो । उच्च अदालतको न्यायाधीश परिषद्को सिफारिसका प्रधानन्यायाधीशले नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ । सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् । नायव महान्यायाधीवक्ता एवं वेपत्ता छानबिन समितिका सचिवको जिम्मेवारीमा रहेका श्यामकुमार भट्टराईलाई १ नम्बर वरीयतामा राखी न्यायपरिषदले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको …

पुरा पढ्नुहॊस »