उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि २७ जना सिफारिस (सूचीसहित)

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि २७ न्यायाधीश सिफारिस गरेको छ । शुक्रबारको परिषद् बैठकले उक्त निर्णय गरेको हो ।

उच्च अदालतको न्यायाधीश परिषद्को सिफारिसका प्रधानन्यायाधीशले नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ । सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।

नायव महान्यायाधीवक्ता एवं वेपत्ता छानबिन समितिका सचिवको जिम्मेवारीमा रहेका श्यामकुमार भट्टराईलाई १ नम्बर वरीयतामा राखी न्यायपरिषदले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट १-१ जना सिफारिस भएका छन् । १८ जना जिल्ला न्यायाधीश छन् भने बाँकी ६ जना कानुन व्यवसायीबाट सिफारिस भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री