समाचार

सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ । आयोगले विगत केही दिनयता देशका विभिन्न भागमा घटेका आपराधिक घटना, कतिपय जिम्मेवार पदाधिकारीबाट नै व्यक्त धारणा र आरोप प्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उक्त आग्रह गरेको हो । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा साङ्घातिक आक्रमण भएको, जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवमाथि प्रहरीबाट मोरङमा दुर्व्यवहार भएको, चिकित्सकमाथि कुटपिट भएको भन्दै हेटौँडा अस्पतालका …

पुरा पढ्नुहॊस »

सर्वोच्च न्यायाधीशका लागि विनोद शर्मा अनुमोदित

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो । योग्यता, क्षमता र अनुभवको आधारमा शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए । शर्मामाथि संसदीय सुनुवाइ समितिमा कुनैपनि उजुरी परेको …

पुरा पढ्नुहॊस »

संसदमा प्रधानमन्त्रीले गराए दुई देशको भ्रमण जानकारी (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न दुई देशको भ्रमणबारे जानकारी गराएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले चीन र अमेरिका भ्रमणको तालिका र भेटघाट तथा अन्य कार्यक्रमबारे जानकारी गराएका हुन् । प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ ३० गते संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन न्युर्योक प्रस्थान गर्दैछन् । महासभामा भाग लिएर प्रधानमन्त्री असोज ५ गते चीन प्रस्थान गर्नेछन् । सम्बोधन- सम्माननीय सभामुख महोदय, छिमेकी …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभामा एक सदस्य पद रिक्त भएको सदनलाई जानकारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ । सभामुख देवराज घिमिरेले सदनलाई उक्त विषयमा जानकारी गराउनुभयो । सभामुख घिमिरले भने, “विसं २०७९ को निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गने निधन भएको हुनाले नेपालको संविधान ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा …

पुरा पढ्नुहॊस »

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अघि बढिसक्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने तयारी भइरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा चीन भ्रमणबारे जानकारी दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘सुन तस्करी प्रकरणको अनुसन्धान सकेर सीआईबीले प्रतिवेदन बुझाइसकेको छ । उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाढि बढेको छ ।’ प्रधानमन्त्री प्रचण्डले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्ने व्यक्तिलाई कारबाही गरिने पनि बताए । शान्ति सुरक्षा प्रदान गर्न सरकार प्रतिबद्ध …

पुरा पढ्नुहॊस »

मादक पदार्थ सेवन गरी छोराले गरे बुबाको हत्या

काठमाडौँ । मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । दाङको घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए । उनका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ ।  

पुरा पढ्नुहॊस »

विश्व ओलम्पियन सम्मेलनमा भाग लिन दीपक विष्ट टर्की प्रस्थान

काठमाडौँ । नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुलमा आयोजना हुने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । विश्व ओलम्पियन संघको आयोजनामा इस्तानबुलमा यही सेप्टेम्बर १६ र १७ तारिखमा हुन लागेको उक्त सम्मेलनमा विश्वभरबाट १ सय ५० जना भन्दा वढी ओलम्पियनहरु सहभागी हुदैछन् । अध्यक्ष विष्टले उक्त सम्मेलनमा नेपाल ओलम्पियन संघले विगत २ वर्षमा गरेका गतिविधिहरु प्रस्तुत गर्नेछन् । साथै उनले एसियाली ओलम्पियनहरुको भेला नेपालमा …

पुरा पढ्नुहॊस »

गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु, दुई जना भागेर जोगिए

काठमाडाैँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैडाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । च्याउँ टिप्न निकुञ्ज पसेकी बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी ४२ वर्षीय बेलमती बुढाको गैडाको आक्रमणबाट शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै अन्य दुई जना महिला पनि च्याउँ टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनीहरुले भागेर ज्यान जोगाएका छन् । निकुञ्ज अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिच ताल क्षेत्रमा महिलाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका …

पुरा पढ्नुहॊस »

चिकित्सक कुटपिटपछि सन्चोका डाक्टरसहित ७८ स्वास्थ्यकर्मी दिए सामूहिक राजीनामा

काठमाडौँ । चिकित्सकमाथि कुटपिट भएपछि हेटौँडाको सन्चो अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कडा कारबाहीको माग गर्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । आन्दोलनमा उत्रेका स्वास्थ्यकर्मीहरुले अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारेका छन् । हेटौँडा अस्पतालको ओपीडी सेवा बन्द छ । अस्पतालमा चिकित्सकहरूलाई काम गर्ने वातावरण नभएको भन्दै हेटौँडा अस्पतालका ७८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले …

पुरा पढ्नुहॊस »

संसद् बैठकमा प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी गराइने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद् भवनमा दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने तथा प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेकोबारे जानकारी गराउने कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका …

पुरा पढ्नुहॊस »