काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सार्वजनिक भएका छन् । सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्नेसहित विभिन्न २३ वटा निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण स्वीकृत गरेको छ । सरकारले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ । सरकारले दसैं, तिहार …
पुरा पढ्नुहॊस »चारै जनाको हत्या एउटै व्यक्तिबाट भएको निष्कर्ष
काठमाडौँ । काठमाडौँको गैरीगाउँमा शुक्रबार राति गरिएको चार जनाको बीभत्स हत्या एउटै व्यक्तिले गरेको प्रहरीले निष्कर्ष निकालेको छ । हत्यामा संलग्न रहेको अभियोगमा आइतबार बिहान पक्राउ परेका व्यक्तिले नै चारै जनाको हत्या गरेको निचोडमा प्रहरी पुगेको हो । पक्राउ गरेकासँग थप सोधपुछको भइरहेकाले पूरा विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । तर, उनलाई सिसिटिभी फुटेजमा देखिएको आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ । गैरीगाउँको दिव्य स:मिलमा चौकीदारको काम गर्ने दोलखा घर …
पुरा पढ्नुहॊस »अपरेसनपछि जनरल वार्डमा सारिएपछि सुत्केरीको मृत्यु , अस्पताल तनाबग्रस्त
काठमाडौं । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको ज्यान गएपछि तनाव उत्पन्न भएको छ। वीरेन्द्रनगर–४ सुर्खेतकी ३० वर्षीया जानकी रेग्मी अधिकारीको सुत्केरी भएको २४ घण्टापछि मृत्यु भएको हो। सुत्केरी व्यथाले च्यापेपछि अस्पताल भर्ना भएकी जानकीको शल्यक्रिया गरेर बच्चा निकालिएको थियो। जनरल वार्डमा सारेको भोलिपल्ट सुत्केरीको मृत्यु भएपछि पीडित परिवारले अस्पतालको लापरवाहीका कारण ज्यान गएको आरोप लगाएका छन्। अस्पतालले मृत्युको कारण खुलाएको छैन। एक्कासि सास फेर्न गाह्रो भएपछि आईसीयूमा राखेर उपचार …
पुरा पढ्नुहॊस »अमेरिकाबाट पोखरा र वीरगञ्ज पठाएको ‘पार्सल’मा गाँजा र हेरोइन
काठमाडौं । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने छ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका जानकारी दिएको छ । उनीहरुमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोका …
पुरा पढ्नुहॊस »गैह्रीगाउँ सामूहिक हत्या : सिसिटिभीमा देखिएका आशंकित व्यक्ति पक्राउ
काठमाडौं । गैरीगाउँस्थित एक काष्ठ मिलमा भएको चार जनाको सामूहिक हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा आज उनलाई नियन्त्रणमा लिएको हो । हिजो प्रहरीले घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर, घटना उनले नगराएको हुनसक्ने देखिएपछि आज दोस्रो व्यक्ति पक्राउ परेको प्रहरी स्रोतले बतायो । …
पुरा पढ्नुहॊस »कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र : नेता निधि
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन् । जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शङ्का नरहेको बताए । “अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ”, नेता निधिले भने, “पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ ।” वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको भनाइ थियो …
पुरा पढ्नुहॊस »चिकित्सकको आन्दोलनले बिरामीको बिचल्ली
काठमाडौं । चिकित्सकहरुले देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामी मर्कामा परेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा सेवा ठप्प पार्दा बिरामी मर्कामा परेका हुन् । उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवा पाउनबाट बन्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही …
पुरा पढ्नुहॊस »भारतमा नेपाली महिलाको लास सुटकेसमा फेला
काठमाडौँ । भारतको जयपुरमा एक सुटकेसमा एक नेपाली महिलाको फेला गरेको छ । बिहीबार ३ सय फिट गहिरो खोँचमा ३० वर्षीय ती महिलाको शव फेला परेको हो । लक्ष्मी नाम गरेकी उनलाई ४ महिलाअघि दिल्लीबाट त्यहाँ लगिएको बताइएको छ । चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिए । प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय …
पुरा पढ्नुहॊस »राष्ट्रपति कार्यालयले गृह मन्त्रालयलाई माग्यो ३४ जनालाई माफी मिनाहाको आधार
काठमाडौं । गृह मन्त्रालयले विभिन्न काण्डमा जेल सजाय भोग्नु पर्ने ३४ जनालाई आम माफी दिन राष्ट्रपति समक्ष गरेको प्रस्ताव फिर्ता भएको छ । गृह मन्त्रालयमै उक्त प्रस्ताव फिर्ता आएको स्रोतले जानकारी दियो । गृह मन्त्रालयले कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाको सिफारिस गरेको थियो । तर उक्त प्रस्ताव गृहमै फिर्ता आएको स्रोतले जानकारी दिएको …
पुरा पढ्नुहॊस »नेपाली जहाजको युरोप यात्रा, कालो सूचीबारे कात्तिकमा निर्णय हुने
काठमाडौँ । पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ । सन् २०१३ देखि युरोपेली सङ्घ (इयू) को कालो सूचीमा रहेको नेपालबारे स्थलगत अध्ययन तथा अनुगमन गरेर शुक्रबार फर्किएको इयूको प्राविधिक सहयोग टोलीले आगामी कात्तिकमा प्रतिवेदन बुझाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार गत आइतबार नेपाल आइपुगेको चार सदस्यीय इयूको प्राविधिक टोलीले नागरिक उड्डयन प्राधिकरणसँगै …
पुरा पढ्नुहॊस »