समाचार

माछालाई लगाएको करेन्ट आफैलाई लाग्दा गंगारामको गयो ज्यान

काठमाडाैँ । झापाको बाह्रदशी गाउँपालिका–५ का ४५ वर्षीय गंगाराम गजमेरको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार दिउँसो अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाइते भएका गजमेरलाई उपचारको लागि बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको झापा प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

विद्यालय शिक्षा विधेयक मस्यौदा – शिक्षकले यी १२ काम गर्न नपाउने

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई अत्यन्तै कडाइ गरिएको छ । सरकारको तलब सुविधा खाएर मनपरी क्रियाकलाप गर्ने शिक्षकलाई कारबाही गर्ने गरी कडाइ गरिएको हो । शिक्षकले १२ गल्ती गर्ने नहुने गरी आचरण सुधार्न विधेयकको मस्यौदा प्रस्ताव गरेको छ । मस्यौदामा समयपालनदेखि बिदा समाप्त भएको १५ दिनभित्र हाजिर नभए कडा कारबाही गर्नेसम्मको सजाय सिफारिस गरेको छ । विधेयकको दफा ७१ देखि ८८ सम्म सजाय र कारबाहीको बुँदा …

पुरा पढ्नुहॊस »

भूमि आयोगले थाल्यो लगत संकलन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि निवेदन दिन आग्रह गरेको छ । एक सूचना जारी गर्दै ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको हो । आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न पनि आयोगले सूचित गराएको छ ।

पुरा पढ्नुहॊस »

जब बहालवाला डीएसपी नै ठगिइन्…

काठमाडौं । सशस्त्र प्रहरीका बहालवाला एक डीएसपी हतारिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन् । केही दिनअघि अपराध महाशाखा पुगेकी उनले अन्जान नम्बरसँग ह्वाट्सएपमा कुरा गर्दा एक हप्ताको अवधिमा १३ लाख गुमाइन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार अनलाइन ठगी गर्ने गिरोहको प्रलोभनमा पर्दा उनले उक्त रकम गुमाएकी हुन् । प्रहरीका अनुसार अपरिचित नम्बरबाट आएको ह्वाट्सएप म्यासेजमा उनले कुराकानी गर्ने गरेकी थिइन् । कुराकानी बढ्दै जाँदा ती व्यक्तिले …

पुरा पढ्नुहॊस »

दुई प्रदेशमा भारी वर्षाको सम्भावना, अरुतिर कस्तो रहला मौसम ?

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । यस्तै नेपालमा अहिले भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ …

पुरा पढ्नुहॊस »

दीपक मनाङ्गे एकीकृत समाजवादीको केन्द्रीय परिषद सदस्यमा मनोनीत

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले राजीव गुरुङ ‘दीपक मनाङ्गे’ लाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको छ । भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै अध्यक्ष माधव नेपालले केन्द्रीय परिषद्मा मनाङ्गेसतित १७ सदस्य मनोनीत गरेको जनाएका छन् । मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र निर्वारोध निर्वाचित भएका मनाङ्गेले गत मंसिरमा नेकपा एस रोजेका थिए । यी हुन् मनाङ्गेसहित केन्द्रीय परिषदमा मनोनित सदस्य १. चिरिञ्जीवी पाण्डे-स्याङ्जा …

पुरा पढ्नुहॊस »

चोरीको रकमसहित तीन नेपाली गौरीफन्टा नाकामा पक्राउ

काठमाडौं । भारतमा चोरी गरेर नेपालतिर छिर्न लागेका तीन जना नेपाली कैलालीको गौरीफन्टा नाकाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बझाङका २१ वर्षीय राजु खड्का, २१ वर्षीय विकास कुमार र किरण ३४ वर्षीय किरण खड्का छन् । उनीहरुले काम गर्दै आएको भारतको कर्नाटकका एक व्यापारीको घरमा चोरी गरेर नेपालतिर भागेका थिए । उनीहरुलाई चोरी गरेर ल्याएको ६१ हजार नगद र १७ लाख बराबरको एक सय ६० ग्राम सुनसहित पक्राउ गरिएको …

पुरा पढ्नुहॊस »

ढाकाकुमारलाई धारिलो हतियार प्रहार भनेर लेख्ने युवक पक्राउ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाकाकुमार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको भनेर सामाजिक सञ्जालमा लेख्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । डा. श्रेष्ठले कारबाहीको माग गर्दै कास्की प्रहरीमा उजुरी दिएपछि स्याङजा आँधीखोला गाउँपालिका वडा नम्बर ५ ठुलीबराहाका ३५ वर्षीय सूर्य बहादुर रेग्मीलाई पक्राउ गरिएको कास्की प्रहले जनाएको छ । केही दिनअघि रेग्मीले ‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो …

पुरा पढ्नुहॊस »

प्रतिनिधि सभाबाट नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभा बैठकले पूर्व सभामुख, संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पारित गरिओस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको थियो । नेम्वाङको निधनमा १ मिनेटसम्म सांसदहरुले उठेर मौन धारणसमेत गरेका थिए । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण …

पुरा पढ्नुहॊस »

अस्पतालभित्र पसेर चिकित्सक कुट्ने आमा-छोरी पक्राउ

काठमाडौं । हेटौँडाको सन्चो अस्पतालभित्र पसेर चिकित्सकमाथि कुटपिट गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । डाक्टरमाथि सांघातिक आक्रमण गर्नेमध्येका रमा प्रधान र रमिता प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । रमा मृतक राजेश प्रधानको श्रीमती र रमिता छोरी हुन् । कुटपिटमा पक्राउ परेका दुईसहित मृतकका छोरा, भतिजलगायत संलग्न रहेको प्रहरीको भनाइ छ । सन्चो अस्पतालका चिकित्सकहरु डा. विकास थापा र डा. प्रशान्त …

पुरा पढ्नुहॊस »