समाचार

पश्चिमबाट बाहिरियो मनसुन, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू-भागबाट मनसुन बाहिरिन सुरु भएको हो । शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू-भागबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले बताएको छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । यो वर्ष पनि केही दिन ढिलोबाट मनसुन बाहिरिन सुरु भएको हो ।

पुरा पढ्नुहॊस »

विश्वासको मत पाउलान् त मुख्यमन्त्री कार्की ?

काठमाडौँ । गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, कार्कीले विश्वासको मत पाउने आधार अहिलेसम्म देखिएको छैन । उनले विश्वासको मत लिन नेपाली कांग्रेस (२९), माओवादी (१३), नेकपा (एकीकृत समाजवादी) (४) मध्ये कुनै एक दललाई आफूतिर तान्नुपर्छ । जसपाको १ मत पाएर पनि उनले विश्वासको मत लिन सक्दैनन् ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ, साँझमा भने चिन्ता बढ्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

६१ किलो सुन प्रकरण : २५ जना कारागार चलान, रुक्मिनालाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । ६१ किलो सुन प्रकरण २५ जना कारागार चलान भएका छन् । भन्सार एजेन्ट रुक्मिना सुब्बासँग ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले १९ दिन लामो सुनुवाइपछि यस्तो आदेश दिएको हो । भदौ ३१ गते सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २९ जनामाथि मुद्दा दायर गरेको थियो ।

पुरा पढ्नुहॊस »

असोज २२ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दशैँका लागि बसको अग्रिम टिकट बुकिङ २२ असोजमा खुल्ने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र यातायात व्यवसायीहरूबीचको बैठकमा २२ असोजदेखि बसको टिकट बुकिङ खोल्ने सहमति भएको हो । वर्षातका कारण बिग्रेका सडकहरू तत्काल सुधार गर्न मन्त्री ज्वालाले करिब १५ दिनअघि नै निर्देशन दिइसकेको यातायातमन्त्री ज्वालाका प्रेस संयोजक जीवन बीसीले जानकारी दिएका छन् ।

पुरा पढ्नुहॊस »

पूर्णरुपमा घर क्षति भएका भूकम्पपीडितलाई सरकारले ५० हजार राहत दिने

काठमाडौं । भूकम्प प्रभावितलाई अस्थायी घर बनाउन सरकारले ५० हजार रुपैयाँ सहयोग दिने भएको छ । बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो घोषणा गरेका हुन् । भूकम्पबाट कहाँ, के, कति क्षति भएको छ यकिन गरी सामान्य मर्मत सम्भार गर्नुपर्ने, प्रबलीकरण गर्नुपर्ने वा पुनर्निमाण गर्नुपर्ने भन्ने निर्धारण गरी काम अगाडि बढाइने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार …

पुरा पढ्नुहॊस »

६० किलो सुन प्रकरण : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकियाे

kathmandu-jillaa-aadalat/प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकियाे

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएकाे छ । प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएसंगै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा अब सरकारी वकिलहरूले जवाफ दिँदैछन् । जिल्ला न्यायाधीवक्ता जनकप्रसाद घिमिरेसहित ३ जना सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन् । सुन प्रकरणमा अहिले २६ जना थुनामा छन् । जवाफी …

पुरा पढ्नुहॊस »

नेपाल एयरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिए । नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न चारवटा संस्थाबीच समझदारीपत्र (एमओयु) हस्ताक्षर कार्यक्रममा अध्यक्ष अधिकारीले अष्ट्रेलिया उडान रोक्न केही पक्ष लागिपरेको भन्दै सबै …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीलाई रविको आग्रह- हेलिकोप्टरको आवाजले चर्किएका घरहरू नभत्किउन्

rabi/प्रधानमन्त्रीलाई रविको आग्रह- हेलिकोप्टरको आवाजले चर्किएका घरहरू नभत्किउन्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बझाङमा भूकम्पबाट घर भत्किएका र चर्किएकालाई सुरक्षित आवासमा लैजानु पर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् । भूकम्पपछि प्रभावित क्षेत्रको भ्रमण गरेका लामिछानेले पीडित सबैका लागि पर्याप्त त्रिपालसमेत नभएको बताएका हुन् । बझाङमा भूकम्पबाट एक महिलाको ज्यान गएको छ भने केही घाइते भएका छन् । त्यस्तै सयौँ संरचनामा क्षति पुगेको छ ।

पुरा पढ्नुहॊस »

पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । पछिल्लो समय पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढ्न थालेको छ । भूकम्प मापन केन्द्रका अनुसार पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा जति बेला पनि विनाशकारी भूकम्प जाने ठूलो जोखिम छ ।अहिले लगातार गइरहेका कम्पनले पश्चिम नेपालमा कुनै पनि बेला फुट्न सक्ने ठूलो भूकम्पीय शक्ति जम्मा भइरहेको भन्ने संकेत गर्छ ।

पुरा पढ्नुहॊस »