earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको रेकर्ड छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९ म्याग्निच्युडको परकम्प गएको छ । मंगलबार तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । केन्द्रका अनुसार मंगलबारयता तीन सयभन्दा धेरै साना-ठूला परकम्प गएका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अहिले पनि परकम्प जाने र धक्का महसुस भइरहेको जानकारी दिए । ‘मंगलबार छिटो-छिटो र अलि बढी नै धक्का महसुस हुन्थ्यो तर अहिले पनि त्यस्तो अलि कम भएको छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘तर धक्का दिने क्रम जारी छ ।’उ

नका अनुसार धक्का जाने क्रम विगतको तुलनामा काम हुँदै गएपछि स्थानीयको जनजीवन विस्तारै सामान्य हुँदै जान थालेको छ । घर पूरै भत्किएकाहरु अहिले पनि सार्वजनिक स्थानमा टेन्टमुनि बसिरहेका छन् । भूकम्प प्रभाविहरुलाई राहत बाँड्ने क्रम जारी छ ।

जोखिममा पश्चिम नेपाल
पछिल्लो समय पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढ्न थालेको छ । भूकम्प मापन केन्द्रका अनुसार पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा जति बेला पनि विनाशकारी भूकम्प जाने ठूलो जोखिम छ ।

पश्चिम नेपालमा ५ सय वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए । ‘पश्चिम र सुदूरपश्चिम क्षेत्रमा ठूलो अथवा महाभूकम्प जाने सम्भावना प्रवल छ । पश्चिम नेपालको पृथ्वीको गर्भभित्र त्यो शक्ति संचित भएर बसेको छ,’ उनले भने, ‘मंगलबार बझाङको चैनपुर केन्द्रविन्दु भएर गएको भूकम्पले त्यो शक्तिलाई क्षय गरेको छैन भनेर ठोकुवा गरेर त भन्न सकिन्न, तर त्यो सम्भावना एकदमै न्युन छ । त्यो भूकम्प मझौला खालको मात्रै हो । भूकम्पमा एक रेक्टर स्केल मात्रै फरक पर्यो भने पनि भूकम्पको शक्तिमा ३२ गुणा फरक पर्छ ।’

अहिले लगातार गइरहेका कम्पनले पश्चिम नेपालमा कुनै पनि बेला फुट्न सक्ने ठूलो भूकम्पीय शक्ति जम्मा भइरहेको भन्ने संकेत गर्छ । सानोसानो स्तरमा आइरहेको भुइँचालो त्यही ठूलो भूकम्पीय जोखिमकै हुन सक्ने वरिष्ठ भूकम्पविद् डा. अधिकारीको आकलन छ । ‘पश्चिम नेपालको ५-६ पुस्ताले भूकम्पबाट क्षति व्यहोर्नु परेको छैन । सबै शुभ रहे अझै केही पुस्ताले भोग्नु नपर्ला पनि । तर, भन्न सकिन्न । एउटा न एउटा पुस्ताले त भूकम्प भोग्नैपर्छ,’ उनले भने ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको उपकार्यकारी निर्देशक डा. रमेश गुरागाईकाअनुसार नेपालको पूर्वीक्षेत्र र भारत आसपासमा सन् १९३४ र नेपालको मध्यभागमा सन् २०१५ मा गोरखा केन्द्रबिन्दु भएर भूकम्प गइसकेको छ । ‘नेपालको पूर्वी भाग र मध्यभागमा ठूला भूकम्प गइसके’ उनले भने, ‘तर वर्षौंदेखि पश्चिम क्षेत्रमा ठूलो भूकम्प गएको छैन, यसकारण पनि अब नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्पको धक्का आउने जोखिम छ ।’

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

उनकाअनुसार यसअघि पश्चिम नेपालमा सन् १५०५ मा ठूलो भूकम्प गएको थियो । त्यसयता ठूला भूकम्पका धक्का पश्चिममा नआएकाले पनि जोखिम धेरै रहेको गुरागाईको भनाइ छ । ‘पृथ्वीको गर्भमा दुइटा प्लेटबीच टकराव जारी छ। त्यही संघर्षका कारण पृथ्वीको गर्भमा शक्ति सञ्चित भएर बसेको छ’, उप कार्यकारी निर्देशक डा. गुरागाईले भने, ‘लामो समयसम्म पश्चिम नेपालमा ठूलो भूकम्प नगएका कारण त्यही सञ्चित भएको शक्ति कतिबेला विस्फोट हुन्छ भन्न सकिन्न। त्यही विस्फोटले अब कुनै पनि बेलामा ठूलो भूकम्प जाने सम्भावना छ ।’ अब नेपालको गोरखादेखि पश्चिमतर्फ भारतको देहरादुनसम्म जोखिम रहेको उनको भनाइ छ ।

  • सन् १५०५ मा गएको थियो पश्चिम नेपालमा ठूलो भूकम्प
  • ५१७ बर्षयता नेपालको पश्चिममा गएको छैन ठूलो भूकम्प
  • भारतीय र तिब्बतीयन दुइटा प्लेटको टकराव जारी
  • प्लेटको टकरावले सञ्चित भएको शक्ति कुनै पनि बेला बिस्फोट हुनसक्ने

पूर्वचेतावनी प्रणाली कति प्रभावकारी ?
उप कार्यकारी निर्देशक डा. गुरागाईकाअनुसार क्षति कम हुन भूकम्पबारे पहिल्यै जानकारी पाउने प्रणाली पनि चाहिन्छ । तर, भूकम्पबारे भविष्यवाणी सम्भव छैन । ‘हालसम्म वैज्ञानिकले त्यसमा सफलता हासिल गरेका छैनन् । जापान, स्विट्जरल्यान्ड र मेक्सिको जस्ता देशमा रहेका प्रणाली भविष्यवाणी जस्तै देखिन्छन् । किनभने मोबाइलमा १ मिनेट वा ३० सेकेन्ड वा १५ सेकेन्डमा सूचना दिएको देखिन्छ,’ उनले भने ।

हाल प्रचलनमा आएका त्यस्ता प्रणालीहरूले निश्चित ठाउँमा भूकम्प गइसकेपछि त्यसका शक्तिशाली तरंगहरू अन्य ठाउँमा नपुग्दै त्यसबारे सन्देश पठाउने मात्र गर्छन् । यदि कुनै देशमा आधुनिक भूकम्पीय उपकरणहरू बाक्लै जडान गरिएका छन् र उत्कृष्ट सञ्चारमार्फत् भूकम्पका तरंगहरू अध्ययन केन्द्रमा प्रसारण गरिएका छन् भने कुनै एउटा तरंग अध्ययन गरेर भूकम्पबारे सन्देश पठाउन केही सेकेन्ड लाग्छ ।

उनी अगाडि भन्छन्, ‘केही सेकेण्ड अगाडि थाहा हुँदा जनधनको सुरक्षा गर्न सकिन्छ । तर त्यो सबै भएको सिस्टम बनाउन पनि त्यसको आफ्नै जटिलता छ । त्यो गर्नु राम्रो हो । तर त्यसमा मात्र भर पर्नु हुँदैन किनभने त्यसले सूचना त दिन्छ तर घरहरू कमजोर छन् भने घर भत्किने नै हो ।’

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस