६१ किलो सुन प्रकरण : २५ जना कारागार चलान, रुक्मिनालाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । ६१ किलो सुन प्रकरण २५ जना कारागार चलान भएका छन् । भन्सार एजेन्ट रुक्मिना सुब्बासँग ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले १९ दिन लामो सुनुवाइपछि यस्तो आदेश दिएको हो ।

भदौ ३१ गते सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २९ जनामाथि मुद्दा दायर गरेको थियो । काठमाडौँमा जिल्ला अदालतमा दायर मुद्दामा तीन अर्ब ५० करोड रुपैयाँ बिगो दाबी गरिएको छ । सुरुमा राजश्वले बरामद गरेको सुन प्रकरणमा पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो ।

उनीहरुविरुद्ध अवैध चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐन र संगठित अपराधसमेतको कसुरमा मुद्दा चलाइएको छ । हङकङबाट ब्रेक शुमा लुकाएर ल्याएको सुन साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस