आज ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »विमानस्थलबाट २ किलो कोकिनसहित एक महिला पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो अवैध लागूऔषध कोकिनसहित एक महिलालाई पक्राउ परेकी छिन् । प्रहरीका अनुसार कतारको दोहाबाट काठमाडौं आएकी ती महिला भारतीय रहेको खुलेको छ । उनलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सूचनाका आधारमा पक्राउ परेकी ती महिला प्रारम्भिक अनुसन्धानमा कतारबाट नेपाल आएर भुटान जाने तयारीमा रहेको खुलेको छ । घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।
पुरा पढ्नुहॊस »चितवनमा पाटेबाघ मृत फेला, जुँधेर मरेको हुनसक्ने
भरतपुर । चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो । अन्दाजी छ–सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । बाघ एक आपसमा जुँधेर मृत्यु भएको अनुमान गरिएको उनले बताए । निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ । सन् २०२२ मा भएको …
पुरा पढ्नुहॊस »भूकम्पपीडितको जीवनरक्षा गर्न एमालेको माग
काठमाडौं । नेकपा एमालेले भूकम्पपीडितको जीवनरक्षाका लागि उचित व्यवस्था गर्न माग गरेको छ । भूकम्पपीडितले चिसोका कारण ज्यान गुमाउनुपरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदैै एमालेले अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न मााग गरेको हो । ‘भूकम्प प्रभावित जिल्ला जाजरकोटमा समयमा उपचार नपाएर १० जना भूकम्प पीडितहरुको मृत्यु भएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले बृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीहरुलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा …
पुरा पढ्नुहॊस »ट्रकको ठक्करबाट कांग्रेस नेता देवकोटासहित दुईको मृत्यु
बुटवल । रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कांग्रेस नेता एवं सहकारी अभियन्ता माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको हो । बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटा र क्षेत्रीलाई ना ६ ख ८१६१ ट्रकले ड्राइभरटोलमा ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । देवकोटा र क्षेत्री लु ४९ प २२३० नम्वरको मोटरसाइकलमा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा …
पुरा पढ्नुहॊस »टिकटक प्रतिबन्धविरुद्ध अर्काे रिट पनि दर्ता
काठमाडौँ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अर्को पनि रिट दर्ता भएको छ । सोमबार अधिवक्ता जगन्नाथ दुलालसमेतले रिट दर्ता गरेका हुन् । उनले टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित भएको भन्दै सरकारको निर्णय खारेजीको माग गरिएका छन् । यसअघि गत शुक्रबार १० वटा रिट दर्ता भएका थिए ।
पुरा पढ्नुहॊस »३० दिनका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
काठमाडौँ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ । आजदेखि लागु हुनेगरी ३० दिनका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । मंसिर ७ को प्रदर्शनलाई मध्यनजर स्थानीय प्रशासन ऐन २०२८ अनुसार सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । सो क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन जुलुस र प्रदर्शन …
पुरा पढ्नुहॊस »कलाकार प्रकाश ढकालको निधन, त्रिशूलीको खोचमा भेटियो शव
काठमाडौँ । कलाकार प्रकाश ढकाल धादिङको बेनिघाट–रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा मृत फेला परेका छन् । ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । त्रिशूली नदी किनारको खोचमा ढकालको शव फेला परेको उनको भनाई छ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ घर भएका ढकाल काठमाडौं बस्ने गर्दथे । गत शुक्रबार उनी स्याङ्जाबाट काठमाडौंतर्फ आएका थिए । त्रिशूलीमा र्याफ्टिङ …
पुरा पढ्नुहॊस »कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा इन्जिनियर र डकर्मी सहितको टोली पठाउने
काठमाडौँ । नेपाली कांग्रेसले भूकम्पपीडित बस्ने टहरा बनाउन इन्जिनियर र डकर्मी सहित स्वयमसेवक टोली जाजरकोट र रूकुम पश्चिम पठाउने निर्णय गरेको छ । धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयमसेवक टोली पठाउने निर्णय हुनुका साथै प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक पनि रहनेछन् । …
पुरा पढ्नुहॊस »रुकुम पश्चिम जिप दुर्घटना, घाइते एक जनाको मृत्यु (अपडेट)
सुर्खेत । सोमवार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको गोइरीज्युलामा भएको जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओलीको मृत्यु भएको हो । उनको चौरजहारी मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको छातीमा चोट लागेको थियो । लु १ ज २२९७ नम्बरको जिप बिहान ८ः ५० बजे चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । …
पुरा पढ्नुहॊस »