समाचार

टाउको दुख्यो भनेर सुतेका असई मृत फेला

काठमाडौँ । नेपाल प्रहरीका सहायक निरीक्षक (असई) सुतेकै ठाउँमा मृत फेला परेका छन् । धनकुटामा कार्यरत ४१ वर्षीय असई प्रकाश चौधरी बुधबार डेरामै मृत फेला परेका हुन् । उनी चौबिसे गाउँपालिकास्थित मुढेबास प्रहरी चौकीका इन्चार्जसमेत थिए । मोरङ घर भएका उनी बुधबार बिहान सुतेकै स्थानमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । टाउको दुख्यो भन्दै कोठामा सुत्न गएका चौधरीलाई आफ्नै ओछ्यानमा घोप्टो परेको अवस्थामा मृत फेला …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको संसद् बैठकको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । सङघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।

पुरा पढ्नुहॊस »

बझाङमा मध्यरात अर्को भूकम्प

bhukampa bajhabg/बझाङको चैनपुर केन्द्रबिन्दु भएर फेरि भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ । भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२:२२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिमका अन्य जिल्लामा पनि महसुस गएिको छ । मध्यराति भूकम्प जाँदा मानिसहरु त्रसित हुँदै घरबाहिर निस्किएका थिए ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

शिशु अस्पतालबाटै बिक्री गरेकोअभियोगमा ३ जना कारागार चलान

काठमाडौं । अविवाहित युवतीबाट जन्मिएको शिशु अस्पतालबाटै बिक्री गरेकोअभियोगमा ३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। बाँकी ३ जना धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत मोरङले ग्रीनक्रस अस्पतालका चिकित्सकसहित ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले अन्य ३ जनालाई धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

पुरा पढ्नुहॊस »

युद्धमा फसेका नेपालीहरूको उद्धार गर्न परराष्ट्रमन्त्री इजरायल जाँदै

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद युद्धमा फसेका नेपाली विद्यार्थीको उद्धार गर्न इजरायल जाने भएका छन् । नेपाल वायु सेवा निगमको जहाज  बिहीबार बिहान २ बजे परराष्ट्र मन्त्री त्यसतर्फ जाने बताइएको छ । त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर जाने तय भएको बताइएको छ । दूतावासका अनुसार गाजासँगको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरूलाई उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । यस्तै इजरायलको उत्तरी सिमाना …

पुरा पढ्नुहॊस »

ठुला कारोबारको डिलिङ विदेशमा हुन्छ, कानुनमा संशोधन आवश्यक : अख्तियार प्रमुख राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले विदेशमा डिल गरेर नेपालमा भ्रष्टाचार हुने गरेको बताएका छन् । यस प्रकारको भ्रष्टचारलाई रोक्न कानुनमा संशोधन आवश्यक भएको उनको भनाई छ । सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठको बैठकमा अख्तियार प्रमुख राईले भ्रष्टाचार अन्तर्राष्ट्रियकरण भएको बताए । भने, ‘ठुला कारोबार सिंगापुर, हङकङ र युएईमा डिलिङ हुने छ । अन्तर्राष्ट्रिय स्तरमा डिलिङ भएर हुने भ्रष्टाचारको प्रमाण सङ्कलन गर्न कठिन हुन्छ, …

पुरा पढ्नुहॊस »

तीनकुने हत्या प्रकरण : सरकारी वकिलको कार्यालय पुग्यो प्रतिवेदन

काठमाडौं । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ । अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । व्यक्तिगत प्रतिशोध (रिसिबी)का कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो । ‘प्रहरीले हत्या आरोपमा एकजना सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । उनी फरक क्षमता (बोल्न नसक्ने) भएकाले …

पुरा पढ्नुहॊस »

पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुरका छोरा राहुल महरासहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरिएको कार्यालयका प्रमुख सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए । विद्युतीय चुरोट (भेप) मा लुकाए ल्याएको करिव ९ केजी सुन तस्करीको अभियोगमा प्रहरीको …

पुरा पढ्नुहॊस »

इजरायलबाट विद्यार्थी ल्याउन आज राति जहाज पठाइने

काठमाडौं । इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ । बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ । उनका अनुसार दुबईमा ट्रान्जिट गरी इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज उड्न लागेको हो । घर फर्किन चाहने नेपालीहरू ३५० भन्दा बढी तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन् । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणबाट १० जना नेपालीको मृत्यु समेत …

पुरा पढ्नुहॊस »