युद्धमा फसेका नेपालीहरूको उद्धार गर्न परराष्ट्रमन्त्री इजरायल जाँदै

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद युद्धमा फसेका नेपाली विद्यार्थीको उद्धार गर्न इजरायल जाने भएका छन् । नेपाल वायु सेवा निगमको जहाज  बिहीबार बिहान २ बजे परराष्ट्र मन्त्री त्यसतर्फ जाने बताइएको छ ।

त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर जाने तय भएको बताइएको छ । दूतावासका अनुसार गाजासँगको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरूलाई उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना नेपाली विद्यार्थीहरूलाई पनि थप अझ सुरक्षित ठाउँमा सारिएको दूतावासले जनाएको छ । नेपाली दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ ।

हराइहरेको एक जना नेपाली विद्यार्थीको खोजी कार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तीव्र पारिएको नेपाली दूतावासले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …

प्रतिकृया दिनुहॊस